News

डेंगु लागि हाले के गर्ने, के नगर्ने ? सबैले ध्यान दिनुपर्ने यी जानकारी ! पढेर सेयर गर्नुहाेला

डेंगु लागि हाले के गर्ने, के नगर्ने ? सबैले ध्यान दिनुपर्ने यी जानकारीडा. रविन्द्र पाण्डे | काठमाडौं उपत्याकामा डेंगुको प्रकोप अकल्पनीय छ। घरघरमा सिकिस्त बिरामी छन्। यसअघिका डेंगुका प्र-कोपभन्दा यो निकै फरक छ। अधिकांश संक्रमितलाई कोभिड भन्दा गाह्रो भएको छ। सबै अस्पताल प्याक छन्। आइसीयू र भेन्टिलेटरमा धेरै संक्रमित छन्। निको भएका संक्रमित निकै कमजोर अवस्थामा छन्। पोस्टको- भिड जस्तै पोस्ट डेंगु सिन्ड्रोम कष्टप्रद छ।

जुन संक्रमितले खाना, फलफूल, पानी प्रशस्त खाएका छन्, उनीहरू छिटो निको भएका छन्। जुन संक्रमितलाई सुरुमै बान्ता भएको छ, उनीहरू खान तथा पिउन ड-राउँदा सिकिस्त भएका छन्। पारासिटामोलको चर्को अभाव छ। धेरै संक्रमितलाई एउटा पारासिटामोलले ज्वरो घटाएको छैन।

पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ। कलेजोमा असर गरेको छ। डेंगुमा पारासिटामोलको विकल्प छैन। ज्वरो, टाउको दुखाइ, हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन। अहिलेको डेंगुले कतिपय बिरामीलाई हातखुट्टा नचल्नेसम्म भएको छ। तपाईं वा आफन्त संक्रमित भएको छ भने यी कुरामा ध्यान दिनुहोला-

१. जति सक्यो दाल, गेडागुडीको रस, मेवा, किवी, अनार, जुनार, पाकेको फर्सी, पालुंगो, दुध, जीवनजल, सादा पानी पटक-पटक प्रशस्त खुवाउनुहोला। २. मनतातो पानीपट्टी तथा पारासिटामोलले ज्वरोलाई नियन्त्रण गर्नुहोला। ३. बान्ता भएमा बान्ता रोक्ने औषधि सेवन गर्नुहोला। ४. शरीरमा ए`लर्जीजस्तै बिमिरा भएमा ए`लर्जीको औषधि सेवन गर्नुहोला।

५. झुक्किएर पनि फ्लेक्सन, ब्रुसेट, पाराफ्लाम, निम्स आदि पेन किलर नखानुहोला। ६. शरीरमा पानी कम भए, खान नसके, ज्वरो नियन्त्रण नभए, नाकमुख वा अन्य ठाउँबाट रगत आएमा तुरुन्त नजिकको अस्पतालको इमर्जेन्सीमा जानुहोला।

७. बालबालिकाको ज्वरो नियन्त्रणमा नराखे बेहोश हुन सक्छन्। ज्वरो नियन्त्रण नभए एक मिनेट पनि घरमा नराख्नुहोला। ८. चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि सेवन नगर्नुहोला।

९. डेंगुमा अन्धाधुन्ध मेवाको पात खाने लहर चलेको छ। मेवाको पातले डेंगु निको गर्दैन। प्लेट्लेट्स धेरै घटेमा बढाउने काम गर्छ। त्यसको लागि औषधि कम्पनीले निकालेका चक्की वा चिकित्सकको सल्लाह अनुसार मेवाको पात प्रशोधन गरेर दिनमा ३० मिलि भन्दा धेरै प्रयोग नगर्नुहोला। मेवाको पातको रस, मेवा, किवी आदिले प्लेट्लेट्स बढाउने प्रमाणित तथ्य हो।

१०. महंगा फुड सप्लिमेन्ट तथा भिटामिन नखानुहोला। खानुपरेमा औषधि कम्पनीले उत्पादन गरेका भिटामिन चिकित्सकको सल्लाह अनुसार खानुहोला।

११. लक्षण देखिनेबित्तिकै प्लेट्लेट्सको जाँच गर्ने तथा डेंगु परिक्षण गर्नु गर्नुहोला। दुई दिन बिराएर प्लेट्लेट्सको टेस्ट गर्नुहोला। प्लेट्लेट्स ७० हजारभन्दा कम भएमा चिकित्सकसँग तुरुन्तै सम्पर्क राख्नुहोला।

१२. डेंगुले धेरै दु:ख दिन्छ तर सितिमिति मा“ र्दैन। मनोबल उच्च राख्नुहोला। डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नजिकको सम्पर्कबाट सर्दैन। संक्रमितलाई टोकेको लामखुट्टेले टो`केमा मात्र सर्दछ। तसर्थ लामखुट्टेको टो`काइबाट बच्ने हर प्रयास गर्नुहोला । (डा. पाण्डेको फेसबुकबाट साभार)

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email