यिनै हुन् राजेश पायल राईकी प्रेमिका, यति ठुलो भैसक्यो राजेश पायल राइको छोरा

चर्चीत गायक राजेशपायल राईलाई हरेक भेट र अन्तर्वार्तामा बिहेको प्रश्नले पछ्याइरहन्छ । त्यसबेला उनको सधै एउटा रेडिमेड जवाफ हुन्थ्यो समय आएपछि बिहे हुन्छ, आफूलाई अहिलेसम्म अविवाहित व्यक्ति हो भन्ने भनेर प्रस्तुत गर्ने गरेका छन् ।
अब भने राजेशपायललाई बिहे कहिले गर्नुहुन्छ ? प्रश्नबाट मुक्ति पाएका छन् । यतिबेला भने राजेशपायलको सबैलाई आश्चर्यमा पार्ने खबर यो छ कि उनी एक सन्तानका बाबु बनेका छन् ।राजेशपायलको रिलेसनसिपलाई लिएर मनोरञ्जन वृत्तमा एउटा चर्चा थियो उनी केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा थिए ।
‘गहिरो’ प्रेममा रहेका उनीहरुलाई करिब दुई महिनाअगाडि पुत्रलाभ भएको निकटस्थले बताएको छ । राजेशपायलले यो खबरलाई भने अहिलेसम्म गोप्य राखेका छन् ।राजेशपायल र साङबुङ करिब दुई वर्षदेखि गोप्य प्रेम सम्बन्धमा थिए । सङबुङ राजेशभन्दा आधा उमेरले कान्छी छिन् ।
राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० वर्षकी छिन् । उनी साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । साथीमार्फत अनौपचारिक तवरले उनीहरुको भेट भएको थियो । दुवै एक–अर्काप्रति आकर्षित बनेका थिए । त्यसपश्चात केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको निकटस्थ स्रोतको भनाइ छ ।
उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउन सफल भएका थिए ।उनीहरु विवाह बन्धनमा बाँधिएका छन् वा छैनन् भन्ने खुलेको छैन । दुई महिना अगाडि धुम्बाराहीकाे ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन् ।
लभ इमोजी सहित पोष्ट गरेको उक्त तस्वीर उनले केहीबेरमै हटाइन् । राजेशपायलको दवावमा तस्वीर हटाएको अनुमान गरिएको थियो ।राजेशपायलको काठमाडौंको शान्तिनगर र नक्सालमा घर रहेकाले उनले नक्सालको घरमा आफ्नी प्रेमिकालाई राखेको बुझिएको छ ।
साङबुङसँगको प्रेम सम्वन्धलाई राजेशपायलले कहिल्यै सार्वजनिक गर्न चाहेनन् । साङबुङले भने बेलाबखत राजेशपायलसँग टिकटक भिडियोहरु बनाएर हाल्ने गर्थिन् । त्यसबाट कतिपयलाई उनीहरुको सम्वन्धबारे आशंका नभएको होइन । तर, एकदमै निकटबाहेक कसैलाई पनि एकिन थिएन ।