Video

बेवारिसे शव जलाउने सपना रोक्का मगरको मार्मिक कहानि फोहोरमा फ्याकिएको खाना कुरेर बस्थेँ, ट्याटुको भित्रको पीडाको खोलीन् रहस्य (भिडियो सहित कुराकानी )

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती समाचार प्रसारण संस्था बीबीसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएपछि उनको चर्चा एकाएक चुलिएको छ।

सपना पछिल्लो समय पशुपतिमा बेवारिसे शव जलाउने काम गर्थिन्। बीबीसीले मंगलबार सार्वजनिक गरेको सूचीमा उनको नाम विश्वको प्रभावशाली महिलामा समावेश भएको थियो।

परिचय नखुलेका बेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनको भनाई छ।हालसम्म उनले सयभन्दा बढी बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छन्। उनी शवलाई हिन्दु परम्पराअनुसार आफै दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन्।

कुनै बेला सडकको खुला आकाशमुनि जीवन बिताएकी सपना सडकले नै समाजसेवामा आउन प्रेरित गरेको बताउँछिन्। उनीसँग पत्रकारल विश्व लिम्भुले गरेको कुराकानी तल भिडियोमा हेर्नुहोस्

https://fb.watch/fTZEYamJGQ/

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email