News

दशैंको मुखैमा यी हुन सल्यान दु’र्घटनामा ज्या’न गुमाउनेहरु …

सल्यानको कपुरकोटमा आज बिहान भएको जीप दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । उनीहरुको परिचय खुलेको छ ।बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहाेरा,

जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललित वली रहेका छन् । दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ ।

बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्किँदै गरेको जीप कपुरकोट–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जीपमा चालकसहित ९ जना थिए । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।(तुफानमीडियान्यूज बाट )

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email