News

४० करोड’को चिट्ठा जितेका अटो-चालक दिक्क मान्दै भन्छन् : बरु मैले नजितेको भए हुन्थ्यो नी !

एक जना भारतीय चिट्ठा विजेताले आफू’लाई अभूतपूर्व रूपमा आर्थि’क सहयोगको अनुरोध आए’काले चिट्ठा जितेकोमा पश्चा’त्ताप भइरहेको बताएका छन् ।दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपै’याँको चिट्ठा सेप्टेम्ब’रको सुरुमा जितेका थिए।

तर त्यसको एक हप्ता’पछि उनले एउटा भिडि’ओ सा’माजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचि’नेका मानिसहरू’लाई अनु’रोध गरे। “मैले नजि’तेको भए हुन्थ्यो,” उनले भने, “बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।”

अनुपले उक्त भिडि’ओमा व्यापक रूपमा सर्व’साधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसा’इँ सर्ने योजना बनाएको बता’एका छन्।उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबर’हरूमा छाएका थिए। त्यो राज्यको इतिहा’समा सबैभन्दा ठूलो धनरा’शिको चिट्ठा थियो।

अनुप के भन्छन्?
उनले १७ सेप्टेम्ब’रमा टिकट खरिद गरेका थिए। त्यो निर्णय रोज’गारीका लागि मलेसिया उड्न तय भएको समय’भन्दा एक दिन अघि लिइएको थियो।छोराको खुत्रुके फुटा’एर उनले चिट्ठा खरिद् गरेका थिए। उनले चिट्ठा जितेको सार्व’जनिक भएपछि सो परिवारले सबैको ध्यान खिचेको थियो।

“जितेपछि म ज्यादै प्रसन्न भएको थिए,” उनले हालैको एउटा भिडि’ओमा भनेका छन्, “घरमा मानिस’हरू र क्यामेराहरू थिए र हामी खुसी थियौँ।” तर चाँडै नै अवस्था नियन्त्र’णभन्दा बाहिर गएको उनी बता’उँछन्।“म घरबाट बाहिर निस्कन सक्दिनँ। म कतै जान सक्दिनँ। मेरो बच्चा बि’रामी छ तर म उसलाई अस्पताल’समेत लैजान पनि सक्दिनँ।”

सरकारी क’र कटाएर करिब २४ करोड रुपैयाँ प्राप्त गर्ने भए’का उनले प्रत्येक दिन मानिस’हरू आफ्नो घरमा आउन था’लेको बताए।“सबैलाई म के मात्र भन्न सक्छु भने मैले अझै पैसा पाइ’सकेको छैन। मैले जति पटक भने पनि कसैले पनि मेरो स’मस्या बुझेको जस्तो देखिँदैन,” उनले भने।

अनुपका अनुसार उनी र उनको परिवार सबै’तिरबाट व्यक्त भ’इरहेका चासो’बाट जोगिन आफन्त’हरूकोमा बसिरहेका छन्।राज्य सरकारले अनुपका लागि आर्थिक व्यवस्थापन र रकमको सदु’पयोगका विषयमा एक दिने तालिमको आयोज’ना गर्ने बता’एको छ। बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email