News
दु:’खद ख’बर ! पोखरा घर भएका सन्जोग गुरुङ्गको अष्ट्रेलियामा दुखद नि’धन

दु:’खद ख’बर ! पोखरा घर भएका सन्जोग गुरुङ्गको अष्ट्रेलियामा दुखद नि’धन
केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचारार्थ एक नेपाली युवकको नि’धन भएको छ । ४१ वर्षिय सन्जोग गुरुङ्गको उपचारका क्रममा लिभरपुल अस्पतालमा नि’धन भएको तमु समाज सिड्नीले जनाएको छ ।
सन्जोगलाई लागेको रो’गका बारेमा सार्वजनिक नगरिदिन परिवारले अनुरोध गरेको समाजका संस्थापक अध्यक्ष प्रेम गुरुङ्गले बताउनुभयो।
सन्जोगलाई पेट सम्बन्धी रो’ग लागेको बुझिएको छ । सन् २००४ मा अष्ट्रेलिया आउनु भएका सन्जोगको स्थाई घर पोखरा हो । उहाँको एक श्रीमती र दुइ सन्तान हुनुहुन्छ । सिड्नीको नेपाली समाजमा सक्रिय सन्जोग असल व्यक्तित्वको धनी रहेको प्रेम गुरुङ्गले बताउनुभयो ।
समुदायका लागि सधै एक कदम अगाडी देखिने सन्जोगको अल्पआयुमै नि’धन भएको प्रति समाजले दुख व्यक्त गरेको छ ।