News

महिलाको इ’ज्जत दुई तिघ्रा’को बीचमा लुकेको हुन्छ : डा.अरुणा उप्रेती… २ मिनेट समय दिएर अवश्य पढ्नुहोला:

काठमाडौं । महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले जब पुरुषले बला त्कार गर्छ, महिलाको ‘इज्जत’ लु टिएको ठानिन्छ ।

तर जुन पुरुषले अप राध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बलात्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लुटियो’ भन्ने कहिल्यै सुनिँदैन । महिलाको पवित्रता उनको यो नीसंग गाँसिन्छ । तर पुरुषको इज्जत उसको गुप्ता गसंग नगाँसिनु अचम्म होइन र रु राज्यले महिलालाई भने जसरी भए पनि परिवार र समाजको ‘इज्जत’ बचाउन, आफ्नो योनीलाई पवित्र राख्नुपर्छ भन्ने सिकाइन्छ ।

त्यही योनीको पवित्रता जाँच्न रामले सीतालाई अग्निपरीक्षा दिन लगाए, कतै रावणले बलात्कार गरेको छ कि भनेर, अर्थात रावणले सीताको ‘इज्जत’ लुट्योकि भन्ने ठानेर राम चिन्तित थिए । महिला बलात्कृत हुनु पनि उनको दोष मानिने र पुरुषचाहिँ सजायको भागी नहुने चलन कहिलेसम्म रहने ?

कुनै महिला ब’लात्कृत भइन् भने पक्कै पनि छोटो लुगा लगाएर वा हाँसेर पुरुषलाई ब’लात्कार गर्न प्रेरित गरिन् होलिन समेत भनिन्छ । ‘ब’लात्कृत’ पुरुषले अप राध गर्यो भन्नेचाहिँ ठानिँदैन । त्यसैले प्रहरीले ‘बलात्कृत’ को मुख छोपिदिन्छ, किनभने पुरुषको इज्जत त बच्नुपर्छ । महिलाचाहिँ जीवनभर ‘बलात्कृत’ को ‘ट्याग’ भिरेर हिँड्नुपर्छ

यसरी महिलाको चरित्र, उनको योग्यता आदि सबै उनको योनीको ‘पवित्रता’ संग जोडिने कहिलेसम्म होला रु महिलाको शरीर भो गकै लागिमात्रै हो भन्ने भावनाले अभिभावकले छोरीको ‘कन्यादान’ गरिदिन्छन् । दान दिएको वस्तुमा त ‘मालिकको’ मात्र अधिकार हुन्छ । त्यसैले लोग्नेको घरबाट पिटिएर, हिंसा सहेर निकालिएकी छोरीको माइतमा स्थान हुँदैन । जति हिंसा भोगे पनि आफू र आफ्नो ‘इज्जत’ बचाउन महिलाचुप लागिरहन्छिन् । लोग्नेको घरबाटनिकालिएमा अक्षत योनी नभएकैले उनको विवाह सजिलै हुँदैन ।

सारमा, महिलालाई ‘बला त्कृत’ हुँदा उनी अपवित्र भइन् भनेर ‘छुवाछूत’ गर्ने, उनलाई र उनको परिवारलाई हेयको नजरले हेर्ने, उनको ‘जिन्दगी खत्तम भयो’ भन्ने विचार समाजका विभिन्न तप्कामा रहिरह्यो भने महिलाको सम्मान कसरी हुन्छ ? अहिल्या, सीताजस्तै पुरुषको लागि आफू ढुङ्गा बन्नुपर्ने, वनवास जानुपर्ने नेपाली महिलाको जीवन भइरह्यो भने समाज कसरी अगाडि बढ्ला ? महिलाको ‘इज्जत’ उनको ‘योनीको पवित्रतासंग’ गाँसिएको छैन भन्ने आम बहस समाजमा कसले चलाइदेला ? -यो बिचार डा उप्रेतीको फेसबुकबाट लिइएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email