News

हे भगवान् !डेढ महिने दूधे छोरी घरमै छाडेर नारायणीमा हाम्फालिन् ऋचा(हा’र्दि’क श्र’द्धा’ञ्जली )

झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् । श’ल्यक्रिया’को घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए ।

तर, ७ भदौको अप’त्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् ।त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् ।

तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् । त्यो दिन नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको बन्द थियो । सायद त्यसैले नारायणघाट पुग्न उनलाई झण्डै तीन घण्टा लाग्यो । दिउँसोको साढे २ बजेतिर केही म्यासेजहरू लेखेर मोबाइल पुलमै छाडेर उनी नारायणीमा हाम्फालिन् ।

‘अघिल्लो रात मसँग आधा घण्टा भिडियोकल भएको थियो । छोरीसँग उनी हाँसीखुसी थिइन्’, ऋचाका पति मिलनले शिलापत्रसँग भने, ‘बिहान पनि घरमा कुरा गरेकी थिइन् । बुबाआमालाई छोरी देखाएकी थिइन् । दिउँसो त्यस्तो निर्णय लिँदैछिन् भन्ने कल्पनासमेत भएन ।’

चितवन प्रहरीले उद्दार टोली खटाएर नारायणीको बर्खे भेलमा हराएकी ऋचाको खोजी गर्‍यो । तर, उनी भेटिइनन् । जति प्रयास गर्दासमेत फेला नपरेपछि परिवारले मन बुझायो । आइतबार १३औँ दिनको सां’स्कृतिक विधि पुर्‍यायो । ‘मनको पीडा कसैलाई नभनेरै दूधे नानी छाडेर उनी गइन् । नियतिको खेल सहनुको विकल्प भएन’, मिलनले दुःख पोखे ।

ऋचा र मिलनले प्रेम सम्बन्धलाई २०७६ फागुनमा विवाहमा परिणत गरेका थिए । उनीहरूबीच सम्बन्ध प्रेमिल थियो । पेसाले इन्जिनियर मिलन उपन्यासकारका रूपमा पनि परिचित छन् । उनका च्याट गर्ल र पर्पला उपन्यास प्रकाशित छन् ।

ऋचा कान्तिपुर सीटी कलेज (केसीसी)बाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । ‘ऋचा चारवटै सेमेस्टर राम्रो ग्रेडसहित पास भएकी थिइन् । थेसिस सुरु गर्दै थिइन् । एक्कासि यस्तो दुःखद खबर आयो’, केसीसीका पत्रकारिता विभागका प्रमुख राजीव तिमिल्सिनाले भने ।

एकाएक यस्तो घ”टना कसरी भयो ? पति मिलन भन्छन्, ‘हामीले थाहै नपाई उनलाई पोस्टपार्टम डिप्रेसन भएछ । बुबाआमा र मैले चिन्ता गर्लान् भनेर पीडा मनमै लिएर केही नभनेरै गइन् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email