News

सन्दिपको वकिलले भने : सन्दिपलाई ह;थकडी किन लाको?भन्दै आ;क्रोशमा वकिल निर्दोष छन् भन्दै जंगिए ( हेर्नुहोस पुरा भिडियो )

बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । भर्खरै काठमाडौंमा अवतरण गरेको कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि काठमाडौँ आइपुगेका थिए ।

उनलाई बिमानबाट नै पक्राउ गरिएको श्रोतले जानकारी दिएको छ । लामिछानेले आफू १० बजे नेपाल आइपुग्ने बताए पनि मौसम खराबीका कारण जहाज अवतरण हुन् सकेको थिएन् ।कतार एअरवेजको ब्जहाज भरखर मात्र अवतरण गरेको हो ।

मौसमको खराबीको कारण कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान आधा घण्टा ढिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।नेपाल प्रहरीको भ्यानसहित प्रहरी अधिकारीहरु सन्दीपलाई पक्राउ गर्न विमानस्थलमा तयारि अबस्थामा बसेका थिए।

नेपाल फर्केसँगै प्रहरीसँग आत्मसमर्पण गर्ने र कानूनी लडाइँ लड्ने लामिछानेले बताएका थिए। क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन्।

प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए। लामिछाने आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन्।

आफूलाई निर्दोष प्रमाणित गर्न कानूनी लडाइँ लड्ने उनले बताएका छन्। युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email