प्रेमीका जियालाई लिएर ‘बाबरी’ हेर्न पुगेका भुवन फिल्म हलमा नै घेरिएपछि…

काठमाडौं ।
चलचित्र बिकाश बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीलाई लिएर फिल्म ‘बाबरी’ हेर्न पुगेका छन् ।
‘बाबरी’का निर्देशक र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्ड अध्यक्ष केसीको राजीनामा मागेको भोली पल्ट नै अध्यक्ष केसी प्रेमीका जियालाई लिएर बाबरी’ फिल्म हेर्न बिग मूभिज हलमा पुगेका हुन् ।
जहाँ भुवनको प्रैतिक्षामा थिए बाबरीका कलाकारद्धय अदिती बुढाथोकी र धीरज मगर । सोही मौकामा अध्यक्ष केसीलाई मिडियाकर्मीले घेरा हालिहाले ।
विकास बोर्ड खारेज गर्नुपर्नेदेखि राजीनामा माग्नेसम्मका सन्दर्भमा भुवनलाई सोधिएका प्रश्नको उत्तर दिँदै उनले ‘निर्माता र विकास बोर्डले हल दिने नभई पर्सेन्टेज लिएका वितरकले दिने हो भन्दै भुवनले आँफु बचेर रचनात्मक तरिकाले उत्तर दिन भ्याए ।
पहिलो प्राथमिकता नेपाली फिल्मलाई दिन वितरक र हलवालालाई आग्रह गर्दैं भुवनले अदिती र धीरजको अभिनयको प्रशंसा गर्न पछि परेनन् ।