सन्दीपलाई २६ जना यस्ता अजिव अजिव घटनामा समातिएका थुनुवासँगै किन राखियो ? यस्तो रहेछ भित्री कुरा

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान २२ वर्षीय सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसर्मपण गर्न खोजेको तर प्रहरीले पक्राउ गरेको बताइएको छ ।दशैँको भोली पल्ट नै नेपाल झरे लगत्तै उनलाई पक्राउ गरेर प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ ।
जहाँ उनीसँगै २६ जना भन्दा बढी थुनुवा छन् । ती मध्ये ५ जना अदालतबाट हिरासतमा राख्ने अनुमति नभएका थुनुवा हुन् ।उनले प्रहरीसामु ‘आत्मसमर्पण’ गर्ने बताएपनि प्रहरीले उनलाई उक्त अवसर नै नदिई भदौ २१ मा प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी लगत्तै उनको खोजी सुरु गरेको थियो ।
असोज २० मा कतारको दोहा हुँदै नेपाल आउँदा साथ उनलाई तत्कालै नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । प्रहरीको यो कदमको सामाजिक संजालमा चर्को विरोध भइरहेको छ ।
सन्दीपलाई नियन्त्रणमा लिए लगत्तै बीर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको छ । सन्दीपलाई १ पोको गाँजा सहित पक्राउ परेका काठमाडौंका विमल देउलादेखि पैसा लुटेको आरोपमा पक्राउ गरिएका सर्लाहीका संजय थापासहितका थुनुवा सँगै एकै स्थानमा राखिएको छ ।