Interesting

चम्कियो २० वर्षे युवको भाग्य,माछा मार्नजॉदा भेटिय ३ करोडको यस्तो ढुंगाजस्तो चिज

चम्कियो २० वर्षे युवको भाग्य,माछा मार्नजॉदा भेटिय ३ करोडको यस्तो ढुंगाजस्तो चिज=थाइल्याण्डका २० वर्षका माछा मार्ने काम गर्ने युवक कामबाट फर्किने क्रममा बालुवामा भेटेको डल्लोका कारण करोडपति बन्ने भएका छन् । उनले जनवरी ६ का दिन माछा मारेर फर्किने क्रममा बालुवामा मैनजस्तो डल्लो भेटेका थिए ।

यो डल्लो ह्वेलको बान्ता हुन सक्ने र यसको मूल्य २ लाख १० हजार पाउण्ड (३ करोड ३६ लाख रुपैयाँ) बराबर पर्ने डेलीमेलको रिपोर्टमा उल्लेख छ । चालेरम्चाइ महापनले जनवरी ६ का दिन दक्षिणी सोङख्ला प्रान्तको समिला बीचमा आफ्नो माछा मार्ने डुंगालाई किनारामा बाँधेर फर्किने क्रममा यो ७ किलोको डल्लो भेटेका थिए ।

उनका अनुसार त्यस दिन उनी मोलेट माछा मार्न भनेर गएका थिए तर अचानक मौसम खराब भएपछि उनी चाँडै किनारामा आउनु परेको थियो । उनले डुंगा थन्क्याएर फर्किने क्रममा किनारामा सेतो डल्लो देखे जसलाई पानीको छालले किनारतर्फ धकेलिरहेको थियो ।

यो पनि
चोरी सिकारीको आरोपमा तीन महिनादेखि कुकुर थुनामा मुगु । करिब तीन महिनादेखि एउटा सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा थुनामा छन्  । चोरी सिकारी गरेको आरोपमा कुकुरलाई थुनामा राखिएको हो ।

गत फगुन २४ गते शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा जंगली जनवार चोरी सिकारी गरेका आरोपमा गुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी तामाङ र छिमेक तामाङ समातिएका थिए  । उनीहरूका साथमा उक्त कुकुर पनि थियो ।

प्रहरी चौकी पुलु मुगुले पक्राउ गरेको चार व्यक्तिसहित कुकुरलाई डिभिजन वन कार्यालय मुगुलाई बुझाएकोृ थियो । जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूलाई वन कार्यालयले मुद्दा चलायो ।

जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन जेठ १२ मा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भए । टासी र छिमेक साधारण तारेखमा छुटे । तर उनीहरुसँगै पक्राउ परेका कुकुर अझै थुनामै छन् । प्रतिवादी नभएको कारण देखाउँदै डिभिजन मुगुले सिकारी कुकुरलाई थुनामै राखेको हो । वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए ।

कुकुरको विषयमा अदालतले केही नबोलेपछि कुकुरलाई थुनामा राखेको वन कार्यालय मुगुले जनाएको छ । वन कार्यालयका सूचना अधिकारी प्रनिल देवकोटाले भने, ‘कुकुरको बारेमा अदालतले केही नखुलेपछि कसैलाई बुझाएको छैनौं । कुकुरलाई वन कार्यालयमै सुरक्षित राखेका छौँ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email