‘बुलेट रानी’ नामले चिनिने यी युवती प’क्राउ ! यस्तो छ चकित पार्ने काण्ड…

सामाजिक सञ्जालमा ‘मिस जाटनी’ र ‘बुलेट रानी’ भनेर चिनिने शिवांगी दबासलाई गाजियाबाद प्रहरीले पक्राउ गरेको छ ।
शिवांगी प्रहरीको स्कुटीसँग ठोक्किएको आरोप छ । शिवांगीले प्रहरीसँग माफी मागेको र आमाले खुट्टा छोएर माफी मागेको बताएकी छिन् । शिवांगीले प्रहरीले आफूलाई कु-टपिट गरेको आरोप पनि लगाएकी छन् । उता, शिवांगीले पुलिसमाथि हात उठाएको यूपी पुलिसको दाबी छ।
शिवांगी दबास सामाजिक सञ्जालमा निकै चर्चित छिन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा बढी फलोअर्स छन् । राती शिवांगी दबास साथीसँग घर फर्कदै थिइन् । उनले स्कुटीमा रहेकी महिला प्रहरी ज्योति शर्मालाई ठक्कर हानेको आरोप छ । शिवांगी दबासको भिडियोमा उनी महिला प्रहरीसँग झगडा गरिरहेको देखिन्छ ।
भिडियोमा शिवांगीले भनिरहेकी छिन्, ‘मैले एकपटक माफी मागेकी छु, तर पनि तपाईंले मलाई हात छाडिरहनुभएको छ।’
दुवैबीच विवाद बढेपछि महिला प्रहरी जवान ज्योतिले घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीले शिवांगीलाई उनको घरबाट प्रहरी चौकी ल्यायो । मधुवन बापुधाम प्रहरी चौकीले शिवांगी विरुद्ध विभिन्न धारामा मुद्दा दर्ता गरेको छ ।
शिवांगीले भनिन्, ‘यो विवादपछि मैले महिला प्रहरीसँग धेरै पटक माफी मागेकी छु, मेरी आमाले पनि उनको खुट्टा छुनु भएको छ । यसपछि पनि महिला प्रहरीले मलाई कु-टपिट गरिन् ।’ शिवां-गीले आफू प्रहरी चौकी जाँदै गर्दा अनुहारमा चि-थोरेको र थ-प्पड हानेको आ-रोप लगाएकी छन् ।
शिवांगीले आफू र महिला प्रहरीको गाडीबीच कुनै ठक्कर नभएको बताइन् । यसका बाबजुद महिला प्रहरीले उनीमाथि आरोप लगाएकी छिन् । यस विषयमा सीओ सदर आकाश पटेलले भने, ‘हिजो राति महिला प्रहरी ज्योति शर्मा डायल १०० को ड्युटी पूरा गरेर घर फर्कदै गर्दा शिवांगी दबासले उनको स्कुटीलाई ठक्कर दिएपछि शि-वांगीले महिला प्रहरीमाथि हात उठाइन् ।’