News

जाने होईन त दिल्लीदेखि लण्डनसम्म बसमा यात्रा, १८ देशको भ्रमण, भाडा २४ लाख लाग्ने !

काठमाडौं ।कहिल्यै बसमा संसारभर यात्रा गर्ने सोच्नुभएको छ ? सायदै कसैको दिमागमा यस्तो कुरा आएको होला । यदि तपाईंले पनि कहिल्यै त्यस्तो सोच्नु भएको छ भने

छिट्टै तपाईंको कल्पनाले वास्तविकताको रुप पाउन सक्छ। भारत–म्यानमार सीमामा आवतजावत सामान्यमा फर्किएसँगै दिल्ली–लन्डन बस सेवा सुरु गर्ने योजना छ। यो सेवा यस वर्ष सेप्टेम्बरदेखि सुरु हुने अपेक्षा गरिएको छ।

दिल्लीदेखि लन्डनसम्मको यो यात्रामा तपाईले कुल १८ देशको भ्रमण गर्ने मौका पाउनुहुनेछ । यो सम्पूर्ण यात्रामा करिब २० हजार किलोमिटरको यात्रा तय हुनेछ, जसलाई पूरा गर्न बसलाई करिब ७० दिन लाग्नेछ। यदि तपाईलाई पनि यो

धेरै रोमाञ्चक लाग्छ भने, छिट्टै तपाईले यो यात्राको मौका पाउन सक्नुहुन्छ । तर, स्मरण रहोस्, यसका लागि तपाईले १५ लाख भारतीय रुपैयाँ (२४ लाख नेपाली) खर्च गर्नुपर्नेछ, जसमा बसको टिकट, भिसा र विभिन्न देशमा बस्ने व्यवस्था पनि समावेश छ ।

यो बस कुन-कुन देश भएर जानेछ ?तपाईंले बसमा यात्रा गर्ने १८ देशहरूमा भारत, म्यानमार, थाइल्याण्ड, लाओस, चीन, किर्गिजस्तान, उजबेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्याण्ड, चेक गणतन्त्र, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स र बेलायत समावेश छन्।

दिल्लीदेखि लण्डन बस सेवा चर्चामा आएसँगै मानिसहरूले कलकत्तादेखि लन्डन बस सेवाको बारेमा चर्चा गरिरहेका छन् जुन सन् १९७३ सम्म चलेको थियो।संसारको सबैभन्दा लामो मार्गआजभन्दा ७२ वर्षअघि कोलकातादेखि लण्डन र लन्डनदेखि अस्ट्रेलियासम्म लक्जरी बस सेवा चल्थ्यो ।

यो संसारको सबैभन्दा लामो बस रुट थियो। लन्डनदेखि कलकत्तासम्मको बस यात्रा ४५ दिन लाग्थ्यो ।त्यसबेला यसको एकतर्फी भाडा १४५ पाउण्ड थियो। त्यो समयअनुसार यो भाडा निकै महँगो थियो । कोलकाता जाने यो बस लन्डन, बेल्जियम, पश्चिम जर्मनी, अस्ट्रिया, युगोस्लाभिया, बुल्गेरिया, टर्की, इरान,

अफगानिस्तान, पश्चिम पाकिस्तान हुँदै भारत पुग्ने गर्दथ्यो।सबैभन्दा लामो बस यात्रासंसारको सबैभन्दा लामो बस यात्राको रुट कभर २०,००० किलोमिटर थियो। यो बसको रुट लाहोरदेखि कलकत्ता हुँदै अमृतसर, दिल्ली, आगरा, इलाहाबाद, बनारस थियो।

१९७२ मा कोलकातादेखि लन्डन बस सेवाको लागि भाडा १४५ पाउण्ड थियो। पछि यो भाडा बढ्यो, तर यो कोलकाता–लन्डन भाडामा बसको भाडा, खाना, ब्रेकफास्ट र बाटोमा होटलहरूमा बस्ने व्यवस्था थियो।

लन्डनको बसमा सुत्ने बर्थ कोलकाता–लण्डनका बस यात्रुहरूले सुत्ने बर्थको सुविधा पाउथे। यात्रुहरूले यात्राको क्रममा झ्यालबाट बाहिर हेर्न सक्थे। यो लन्डन बसमा सैलुन, किताब पढ्ने ठाउँ र बाहिर हेर्नको लागि विशेष बालकोनी थियो। बसको टिकटमा भारत–पाकिस्तान सीमा बन्द भएमा यात्रुलाई विमानबाट पाकिस्तान लैजाने लेखिएको थियो ।

लन्डन बस सेवाको हाइलाइटहरू
सन् १९५० को दशकमा कोलकातादेखि लन्डनसम्म यात्रा गर्न थोरै मानिसमा मात्र क्षमता थियो। बस कम्पनीहरूले यात्रुलाई राहदानी र १० वटा तस्बिर तयार राख्न भन्थे । कतिपयले भिसा आफैं लिने गर्दथे, तर बाँकी व्यवस्था पनि बस कम्पनीले गरेको थियो ।

कतिपय बसमा रातमा बसमै बस्ने व्यवस्था थियो भने कतिपयले होटलको कोठाको व्यवस्था गरेका थिए । यस रुटमा चल्ने बस पूर्णतया वातानुकूलित थियो, जबकि बसको ट्यागलाइन ‘यात्रामा तपाईंको घरको आराम’ थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email