विनोद चौधरीलाई आफ्नै फ्याक्ट्रीमा छिर्न सेक्युरिटी गार्डले गेट नखोलेपछि…

स्थान – नवलपरासमा रहेको चौधरी ग्रुपको कारखानाको गेट
समय – रातको २ बजे
मिति – केही वर्ष अघि हुनुपर्छ ।
गेट बाहिर बिनोद चौधरी र भित्र सेक्यु रिटी गार्डबीचको संवाद चलि’रहेको छ । बिनोद चौधरी : भाइ, गेट खोल त, म बाहिर आइपुगेको छु ।
सेक्युरिटी : यति राती तपाईं त के बि’नोद चौधरी नै आए पनि गेट खोल्दिन मैले ।
बिनोद चौधरी : म बिनोद चौधरी नै हो के भाइ । गेट खोल न खुरु’क्क । सेक्यु’रिटी : मलाई दिउँसो खबर कसैले गरेको छैन । यति राती बिनोद चौधरी नै भए पनि तपाईं’लाई मैल भित्र आउन दिन्नँ ।
सेक्युरिटी’सँग केही सीप नलागेपछि उद्योगपति बि’नोद चौधरी त्यस रात होटलमा गएर सुते । केही दिनपछि काठ’माडौंको चौधरी ग्रुप केन्द्रीय कार्यालयमा त्यो गार्डलाई उपस्थित गराइयो ।बिनोद चौधरी : तिमीले त्यस दिन मलाई किन गेट नखोलेको ? म आफैं बिनोद चौधरी हो भने’पछि खोल्नु पर्दैन ? पत्यार लागेन तिमीलाई म आएको थिएँ भनेर ?
सेक्युरिटी : हैन, मलाई तपाईं नै हो भन्ने थाहा भएर पनि नखोलेकै हो । कम्पनी तपाईं’को भए पनि ड्युटी मेरो थियो त्यस रात । राती आउने व्यक्ति’लाई छिर्न नदिनु मेरो कर्तव्य थियो । मैले खो’लिन गेट । यसमा मलाई अलि’कति पनि पछुतो छैन ।
यो संवाद’पछि बिनोद चौधरी ती सेक्यु रिटी गार्डसँग अत्यन्त प्रभा’वित भएर उसलाई मनग्गे तलब दिएर काठमाडौंमा आफू बस्ने घरमा सेक्युरिटी राखे रे । अहिले पनि ती सेक्युरिटी गार्ड चौधरीकै घरमा छन् र चौधरीका विश्वास’पात्र मान्निछन् ।
झन्डै ६ महिना अघि एक मित्रले मलाई नवल’परासीमै यो कथा सुनाउनु’भएको थियो । कथामा कति सत्यता छ, म जान्दिनँ । तर मलाई यो कथा घ’त लागेको रहेछ । ६, ७ महिनादेखि बिर्सेको रहेछु । अहिले शेरजङ्घ गुरूङको घ’टना बाहिर आएप’छि यो कथा फ्याट्ट दिमा’गमा आएर बस्योे ।
शेरजङ्घ गुरूङजी , तपाईंले त देख्नुभएन तर अहिले मेरो कम्प्युटर स्क्रीनमा तपाईंको तस्वीर हेरेर तपाईं’लाई सेल्युट गरेँ मैले !! अब सडकमा दादा’गिरी देखाएर हिँड्ने, रातो बत्ती’लाई मतलब नगर्ने केही थान मन्त्रीका गाडी’लाई रोकेर यसैगरी का’रबाही गर्न सक्ने केही प्रहरी र ट्राफिकको समाचार पढ्न रहर छ !!! – अच्युत घिमिरे’को फेसबुक वाल बाट