रक्सी चुरोट र सुर्ती नखाने भनेजस्तो सोझो केटा पाए छिट्टै बिहे गर्छु: श्रुती

रक्सी चुरोट र सुर्ती नखाने भनेजस्तो सोझो केटा पाए छिट्टै बिहे गर्छु: श्रुती
बलिउड अभिनेत्री श्रुती हसन ३६ वर्षकी भइसकिन्। उनको बढ्दो उमेरका कारण पनि मिडियाहरूमा घरजम र विवाहका बारेमा धेरै चर्चा हुने गरेको छ। श्रुती आफ्नो मनको कुरा खुलेर बोल्ने अभिनेत्रीमा पर्छिन्।
हालै सामाजिक सञ्जालमा एक फ्यानले उनको विवाहका बारेमा प्रश्न गरेका थिए। ‘तपाई कहिले विवाह गर्दै हुनुहुन्छ ? भनेर फ्यानको प्रश्नमा उनले जिस्किँदै ‘तपाईहरू कहिले प्रश्न गर्न बन्द गर्नुहुन्छ भन्ने जवाफ दिएकी थिइन्।
पछि उनले विवाहका बारेमा योजनाहरू बनिरहेको बताएकी थिइन्। भारतीय सञ्चार माध्यमका अनुसार श्रुती पछिल्लो समय चित्रकार सन्तनु हजारिकाको प्रेममा छिन्।
उनीहरूले रोमान्ससँगै विवाहको योजना पनि बुनिरहेको जनाइएको छ। श्रुती चर्चित भारतीय कलाकार कमल हसन र सारिका ठाकुरकी छोरी हुन्। सन् १९८६ मा मद्रासमा जन्मिएकी श्रुतीले साइकोलोजीको पढाइ गरेकी थिइन्।
आफू चर्चित परिवारको छोरी रहेको लुकाउन उनले स्कुल पढ्दा नाम परिवर्तन गरेकी थिइन्। उनी स्कुलमा पूजाका नामले चिनिन्थिन्। उनी गायन र अभिनयमा लाग्नुअघि साइकोलोजीकी विद्यार्थी थिइन्। उनी अभिनयमा लाग्नुअघि पाश्वगायनमा सक्रिय थिइन्। उनले थुप्रै चर्चित गीत गाएकी छन्।
तमिल चलचित्रबाट करियर सुरु गरेकी उनले तेलगू र हिन्दी चलचित्रमा पनि काम गरिन्। उनले सन् २००० मा बुवा कमल हसनले निर्माण गरेको ‘हे राम’मा पहिलो पटक अतिथि भूमिकामा अभिनय गरेकी थिइन्। उनले बलिउडमा सन् २००९ मा ‘लक’मार्फत डेब्यु गरेकी हुन्