Interesting

बिश्वको नै धेरै महङ्गो पर्ने कालो कुखुरा , जुन प्रति गोटा २/३ हजार सम्म पर्ने छ (हेर्नुस् भिडियो )

सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिकाका एक किसान स्थानीय जात तथा कडकनाथ कुखुरा पालनमा जोड दिइरहेका छन् । बिरलै पाइने कडकनाथ जातकाे कुखुरा पालेर उनि उदाहरण बनेका छन् । झन्डै एक हजार कु खुरा पालेका बराहक्षेत्र –३ भानुटाेलका राजेन्द्र कुमार तामाङ स्थानीय जातका कुखुराका साथै कडकनाथकाे माग अत्यधिक रहेकाले अझ थप्ने तयारी समेत गरिरहेका छन् । कालो जातको यो कुखुरा कालिजजस्तै हुन्छ । बजारमा उक्त कुखुराको मासु प्रतिकेजी २ हजार ५ सय रुपैयाँ सम्म बिक्छ ।

उनको खोरमा २५ काे हा राहारीमा ‘कडक नाथ’ जातका कुखुरा पनि छन् । ‘कालो रंग र मासु पनि कालै हुन्छ तर रक्तचाप, बाँझाेपन, मुटु र पेटसम्बन्धी लगायतका रोगका बिरामीलाई राम्रो गर्छ,’तामाङ भने, ‘अब लोकल कुखुरा र कड कनाथको समेत फरकफरक उत्पादन बढाउने तयारीमा छु ।’

लाेकल कुखुरा पनि प्रतिकेजी ७ सय, कड कनाथ १००० रुपैयाँमा खोरबाटै बिक्री हुन्छ । कडकनाथको महत्त्व बुझेपछि टाढाटाढाबाट माग भइरहेको उनले बताए । ‘धरान, इटहरी लगातका स्थानहरूबाट कडकनाथको खोजी गरेका छन्,’ तामाङ भने, ‘लोकल र कडकनाथलाई हत्पती रोगले पनि छुन सक्दैन ।’ स्थानीय कुखुरा र कडकनाथ ब्रोइलर जस्तो वजनदार भने हुँदैनन् । ब्रोइलरलाई २ देखि साढे दुई महिनामा बेचि सक्नुपर्छ । नत्र मासुभन्दा दानापानीको मूल्य बढी परिदिन्छ । यो अवधिमा ब्रोइलर ३ देखि ४ केजीसम्मको भइसक्छ । स्थानीय जातको कुखुरा भने ७ महिनादेखि एक वर्ष पालेपछि बल्ल तीन केजी जति हुन्छ । तर यसलाई दानामा धेरै खर्च हुँदैन । बारीको कलिलो घाँस र घरैमा पाइने धान, मकै र गहुँ तथा भटमास खुवाउन सकिन्छ ।

१५ बर्ष बैदेशिक राेजगारी अन्तर्गत मलेसियामा कार्यरत तामाड अहिले कुखुरापालनबाट आफु सन्तुष्ट रहेकाे बताउछन् । उनि भन्छन् लकडाउनकाे बेलामा पनि धरान इटहरी लगायतका स्थानहरूकाट खाेरमै ग्राहकहरू कुखुरा किन्न अाएका छन्, उनि थप्छन् कडकनाथ कुखुराकाे डिमान्ड धेरै रहेछ, सुरूवाती चरणमा काठमान्डाैबाट कडकनाथ जातका चल्ला २०० रूपैया प्रतिगाेटा किनेर ल्यणाएका तामाङले अब कडकनाथका अण्डा लाेकललाइ काेलल्न दिने बताए । अब अरू जग्गा भाडामा लिएर व्यवसाय बिस्तार गर्ने उनकाे साेच रहेकाे छ ।

हेर्नुस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email