News

सन्दीपविरुद्धको मुद्धा झुट्टा भए बालिकालाई हुनेछ ६ बर्ष कैद, तिर्नुपर्नेछ करोड क्षतिपूर्ति

नेपालका विश्वचर्चित क्रिकेटर सन्दीप लामिछाने अहिले प्रहरीको हिरासतमा छन् । उनलाई १७ बर्षीय नाबालिका कर णी गरेको अभियोग लागेको छ । उक्त अभियोगमा प्रहरीले अनुशन्धान सुरु गरेको छ ।

दशैं विदा र यहीबिचमा शनिबार परेकाले सन्दीपलाई आइतबार मात्र अदालतमा उपस्थित गराइनेछ । त्यसपछि अदालतले दिएको म्यादमा प्रहरीले बयान लिने, थप प्रमाण संकलन गर्ने कार्य गर्नेछ ।

जाहेरी दिएको एक महिना भइसकेको तथा पीडित पक्षको बयान लिइसकेका कारण प्रहरीले अनुशन्धानमा धेरै समय नलिने अनुमान गरिन्छ । प्रहरीले अनुशन्धान सकाएर सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाउँनेछ ।

उक्त प्रतिवेदनमा प्राप्त प्रमाणका आधारमा सरकारी वकिलको कार्यालयले यो मुद्धा अदालतमा दर्ता गर्न योग्य छ की छैन भनेर निर्णय गर्नेछ । प्रमाण बलियो देखिएमा मुद्धा अदालतमा दर्ता हुनेछ । त्यसपछि अदालतले सुनुवाई थाल्नेछ ।

सन्दीपले दावी गरे जस्तै यो झुट्टा उजुरी दिएको हो भने, मुलुकी फौजदारी संहिता २०७४ को दफा (९८) बमोजिम कसैले कसैलाई क्षति पुर्याउने हैरान गर्ने नियतले कुनै न्यायिक कारबाही गर्ने अधिकारी समक्ष झुट्टा कुराको दावी लिई वा अभियोग लगाई कुनै व्यक्तिकाविरुद्ध उजुरी वा सूचना दिनु हुँदैन ।

यस्तो कसूर गर्ने व्यक्तिलाई जुन कसूरको झुट्टा अभियोग लगाएको हो त्यस्तो कसूरमा हुनसक्ने सजायको उपल्लो हदको आधा सजाय हुने र सो कसूरबाट पीडित व्यक्तिलाई कुनै हानी नोक्सानी पुगेको भए निजलाई त्यस वापतको क्षतिपूर्ति कसूरदारबाट भराई दिनुपर्नेछ भनिएको छ । यदि यो मुद्धा झुट्टा हो भने नेपालकै महंगो सावित हुने पक्का छ ।

सन्दीप दोषी ठहर भएमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (घ) अनुसार सन्दीपलाई १० बर्षदेखि १२ बर्षसम्म कैद सजाय सोह्र वर्ष वा सोह्र बर्षभन्दा बढी अठार बर्षभन्दा कम उमेर) हुनेछ । उनले पीडितलाई क्षतिपूर्तिपनि तिर्नुपर्नेछ । मुद्धा झुट्टा ठहर भएमा नाबालिकालाई ६ बर्ष कैद सजाय र उनले खेल जीवनमा आर्जन गर्ने रकम, विग्रिएको ख्याती सहितको रकम अदालतले भराउन सक्छ । यो समयमा उनले करोडौं रकम आर्जन गर्दथे । त्यो समेत अदालतले आँकलन गर्ने हो भने यो मुद्धा नेपालकै महंगो सावत हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email