म ब’ ला’त्का’री, बो’का, छा’डा, पुरुष वे’श्या हैन : यौ’न शिक्षा दिन आँट गर्ने नेपाली हुँ – मदन राई (भिडियो सहित )

काठमाडौं । मदन राई अब ‘७३’ बर्षको भइसक्नुभयो । पहिलो पटक मदन राईले बोलेका र लेखेका शब्दहरु सुन्ने र पढ्नेले गाली नै गर्छन् ।
बलात्कारी, बोका, छाडा, पुरुष वेश्या यस्ता अनेकौँ कमेण्टहरुपनि हुन्छन् । यी शब्द पढेपछि मदनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘ म ब’ला’त्का’री, बो’का, छाडा, पुरुष वे’श्या हैन, यौ’न शिक्षा दिन साहस गर्ने एक नेपाली हुँ ।’
उहाँले थप लेख्नुभएको छ । मैले यौ’न र यौ’न शिक्षाको कुरा डटेर गर्ने कारणहरु हुन् । ब’ला’त्का’र नहोस् । आवेशमा विवाह नहोस् । आवेश र अज्ञानमा बच्चा नजन्माउन् । अञ्जान र आवेशमा यौन रोग नफैलियोस् ।
यौन भनेको प्राणीको उत्पतिको मुल हो । ‘ यौ’न भनेको मानिसको परम-आनन्दको आधार हो ।’ यौ’न भनेको स्वास्थ हो । यौ’न क्रियाबाट शरीरको बिकार फालिन्छ र रक्तसञ्चार राम्रो हुन्छ भनेर मरिमेटेको हो । म ब’ला’त्का’री, बो’का, छाडा, वे’श्या होइन।’
उहाँका कतिपय ज्ञानका नै विषय हुन्छन् । अलिक सिधा लेख्ने भएकाले कोही–कोही छाडा भन्छन् । उहाँले जीवन र जगतका बारेपनि अमूल्य ज्ञान बाँड्दै आउँनुभएको छ । ‘ यदि जाडो हुँदैन थियो भने म नांगै हिड्थे ’ भन्नुहुन्छ । यौनलाई अत्याधिक गोप्य बनाइएका कारण बलात्कार, हत्या, हिंसा हुने गरेको उहाँको बुझाई छ ।’
‘ परिपक्क बनिसकेपछि यौ’नसम्पर्कलाई सहज बनाउँनुपर्ने ’ उहाँ उहाँ भन्नुहुन्छ । यौ’नका लागि विवाह नै जरुरी भन्ने धार्मिक विश्वासलाई अहिले समाजको अभ्यास र कानूनी व्यवस्था गरिनु नै अपराधको जड भएको उहाँको बुझाई छ । स्खलन र महिनावारी हुन थालेपछि परिपक्क भएको संकेत भएकाले नाबालिग मान्ने कानून नै परिमार्जन गर्नुपर्ने उहाँको जोड छ ।’
उहाँ बोल्ने मात्र हैन । यो देशको योग्य नागरिक हो । देश र समाजका लागि अति नै उदाहरणीय योगदान गरिरहेको नागरिक हो । उहाँले देशभरी नै कृषि फर्महरु खोलेर कृषि क्रान्तिमा युवाहरुलाई सामेल गराउँनुभएको छ । एक व्यक्तिले गरेको यो सामान्य क्रान्ति मान्न सकिन्न । अधिकांश जिल्लामा जग्गा आफै लिएर त्यहाँ कृषि कर्म गरेर उदाहरण प्रस्तुत गरिरहनुभएको छ ।’
सुभद्रा मदन फाउण्डेशन खोलेर यो बाटा खोटाङमा दुनियाँकै उदाहरणीय काम गर्नुभएको छ । उक्त फाउण्डेशनबाट विद्यालय सञ्चालनमा छ । उक्त विद्यालयमा मानव जीवनमा प्रयोगमा आएका सम्पूर्ण सिपहरु बारे पढाइन्न मात्र स्वयंलाई सिकाइन्छ ।’
स्कुलमा कोही आफू बस्ने घर बनाएर डकर्मीको कला सिकिरहेका छन् । कोही गाडी चलाइरहेका हुन्छन् । कोही विद्युतीय र मेकानिकल साधनहरु बनाइरहेका हुन्छन् । गाई-भैसी दुहुने देखि घास पराल दिने, तयार गर्ने, कृषि उत्पादन गर्ने सबै सिप उनीहरुले आफै गरेर सिकिरहेका हुन्छन् । उक्त विद्यालयको शिक्षा पूरा गर्दा त्यहाँका विद्यार्थीहरु योग्य नागरिक भएर निस्किन्छन् । आज २१–२२ बर्ष भइसकेको यो फाउण्डेशनको कार्यबाट धेरै योग्य नागरिक बनिसकेका छन् ।’
यति मात्र हैन, उहाँ विश्व प्रतिष्ठित कृषिविज्ञ हुनुहुन्छ । उहाँले बेलायतबाट कृषिमा स्नातकोत्तर गर्नुभएको छ । कृषिसम्बन्धी उच्चस्तरीय तालिम गर्न अमेरिका, जापान, स्वीट्जरल्यान्ड, फ्रान्स, इजरायल, भारत, जिम्बाब्वे, केन्यासम्म पुग्नुभएको छ । संयुक्त राष्ट्रसंघमा उहाँले १२ वर्षसम्म जागिर खानुभयो ।’
नेपालमापनि उहाँ लामो समय कृषि अधिकृतको रुपमा सेवा गर्नुभयो । गरिबी र अशिक्षाले ग्रस्त समाज खोटाङमा जन्मिनु / हुर्किनुभएका मदन राईसँग हाल आफूले खर्च गरेर कहिलै नसकिने अथाह सम्पत्ति छ । कयौं विषयमा अध्ययन पूरा गरेका सर्टिफिकेट छन् । सयौँ तालिमहरुका प्रमाणपत्र छन् । ज्ञानका भण्डार राईलाई यो समाजलेपनि सामान्य आँकलन नगरोस् । राई स्वयंपनि कतिपनि विचलित नहुनुहोस् । देश र विश्व मानव समाजका लागि थप अपेक्षा सहित अझै सफलताको शुभकामना !’