पृथ्वी नारायण शाह भन्ने मान्छे नै थिएन त्यतिखेरको मान्छेले हग बहादुर नाम राख्छ पृथ्वी राखदैन : दिल निसानी मगर

नेपालका बिसे चौबिसे राज्यका एकीकरणकर्ता भनिएका पृथ्वीनारायण शाह एक काल्पनिक पत्र मात्रै हुन् भन्दा हर नेपालीलाई बिश्वास नै नलाग्न सक्छ तर एक युवाले राष्ट्रनिर्माता पृथ्वीनारयाण शाह नै नभएको र उनी काल्पनिक पात्र मात्र भएको तर्क प्रस्तुत गरेका छन् ।
भोजपुर घर भई हाल काठमाडौँमा बसेर दिनदिनै राजनैतिक चर्चा परिचर्चा गर्ने उनले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेका हुन् भने भ्रम छर्ने कार्य मात्र भएको टिप्पणी गरेका छन् । सन् १९५० को सन्धीबाट ग्रेट ब्रिटेन टुक्रेर नेपाल भएको उनले बताए ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाह भनिन्छ तर राष्ट्रपिता त्रिभुवन रे यसैमा कुरा बाझेको छ –उनले भने पुराना अधिकांश घटना र प्रमाण हेर्दा पक्कै पनि शाहले त्यति लामो समयदेखि योगदान दिएजस्तो लाग्दैन । राष्ट्रपिता र राष्ट्रनिर्माता अलग अलग हुनु बिबादास्पद रहेको उनले बताए ।
भारतका नापी विभागका महानिर्देशक सर जर्ज एभरेष्टको नाममा नै नेपालको हिमालको नाम माउन्ट एभरेष्ट रहेको उनको तर्क छ । इतिहासमा पृथ्वीनाराण शाहको
जन्म वि।स १७७९ मा भएको उल्लेख छ र महेन्द्रको वि।सं १९७७, महेन्द्रको जन्ममितिको अंक यताउती पारेर पृथ्वीनारायणको शाहको जन्म १७७९ मा भएको भनिएको उनको तर्क छ ।
रामायण कथामा भएकी रामकी आमाको नाम र पृथ्वीनारायण शाहको आमाको नाम कौशल्या हुनु पनि शङ्काको घेरामा छ ।उनले इतिहासलाई मिलाउन अनेक प्रयास गरिएको बताएका छन् ।
१० पुस्ताको भएको शाहको जनसङ्ख्या काठमाडौँमा नभएको भन्दै उनी भन्छन् शाहको त्यत्रो इतिहास भएको भए यहाँ किन नेवारहरुको मात्रै जनसङ्ख्या बढी हुन्थ्यो ? यहाँ पनि बुझ्नुपर्ने कुरा छ ।
त्रिभुवनको जन्म र प्रजातन्त्र आएको मिति पनि मिल्न गएको छ, त्रिभुवनको जन्म १९६३ फाल्गुन ७ गते भएको भनिएको छ, यता नेपालमा पनि २००७ साल फाल्गुन ७ गते प्रजातन्त्र आएको छ ।

त्रिभुवनको छोरा महेन्द्रको जन्म वि.सं. १९७७ साल जेठ ३० गते भएको उल्लेख छ । यसरी हेर्दा बाबु र छोरोको उमेरमा १४ वर्षको मात्र अन्तर छ ।
विंसं २०११ सालमा सुभेच्छुकहरुबाट ४५ हजार रुपैया भेला पारी बेलायतमा श्रीपेज बनाउन अडर दिएको तथ्य बाहिर आएको बेला विंसं १८३१ मा नै मृत्यु भएका पृथ्वीनारायण शाहको शिरमा कसरी श्रीपेच रह्यो भन्ने कुरा पनि विवादास्पद रहेको छ ?