News

सभाखोला किनारमा गाडी,चप्पल गाडिमै ४० वर्षिय बाबु र १५वर्षिय छोरा बेपत्ता पछि मृ`त्यु!

संखुवासभाकाे सदरमुकाम खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा गाडी धुने भन्दै गएका बाबु छोरा बेपत्ता भएका थिए।साेमबार दिउँसाे करिब ३ बजेतिर खाँदबारी ७ का अन्दाजि ४० बर्षिय तारानाथ काफ्ले र उनका १५ बर्षिय छाेरा सनम काफ्ले बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरिक्षक डिएसपी वीरेन्द्र गोदारले बताए ।

गाडी लिएर सोमबार सभाखोला गएका उनीहरू घर नफर्के पछि आफन्तले बिहान प्रहरीलाई खबर गरेका थिए ।सभा खाेला किनारमा उनिहरु चढेर गएकाे प्रदेश १-०२-००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोवाईल फोन, साबुन लगायतका सामाग्री फेला परेकाे प्रहरीले जनाएको छ ।

उनिहरुकाे खाेजि कार्यलाई तिब्रता दिईएकाे र घटना के कसरी घट्याे भन्ने बिषयमा थप अनुशन्धान गरिरहेकाे प्रहरिकाे भनाई थियो ।सभाखोला मा पौडी खेल्ने क्रम मा बेपत्ता हुनु भएका संखुवासभा जिल्ला खाँदबारी नगरपालिकाको

आङ्ला निवासी तारानाथ काफ्ले तथा वहाँका छोरा षडानन्द काफ्लेको यही मिति २०७९/०६/१७ गतेका दिन असामयिक एवम् अप्रत्याशित रुपमा भएको निधनले स्तब्ध भएका छौं। मृतात्माहरुको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email