News

सन्दीप लामिछाने सम्पर्क विहीन

काठमाडौं भदौ २८

नाबालिगमाथि जबरजस्ती करणीको आरोप खेपिरहेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने यतिबेला सम्पर्कविहीन भएका छन्। उनी कहाँ छन् भन्नेबारे नेपाल प्रहरी र नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी नभएको बताइरहेका छन्।

पक्राउ पुर्जी जारी भएसँगै सन्दीप आइतबार नै वेष्ट इन्डिजबाट नेपाल फर्कने भनिए पनि हालसम्म उनी सम्पर्कमा आएका छैनन्। ६ भदौमा उनी केन्यामा टी–२० खेल्न गएका थिए। त्यहाँबाट सीपीएल खेल्न उनी वेष्ट इन्डिज गएका थिए।

सन्दीपले आफूमाथि लागेको आरोपबारे बोल्दै शुक्रबार सामाजिक सञ्जालमार्फत कानुनको सम्मान गर्ने बताएका थिए। उनले अनुसन्धानलाई सहयोग गर्न आफूआवद्ध क्यारेबियन प्रिमियर लिग (सीपीएल)बाट बिदा हुँदै स्वदेश फर्कने जनाएका थिए।

सन्दीप गत शुक्रबार अन्तिम पटक क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको सम्पर्कमा आएका थिए। उनीबारे जानकारी नभएको नेपाल प्रहरीका कार्यवाहक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप प्रहरीको सम्पर्कमा नरहेको बताए।

यता, क्यानका कार्यवाहक सचिव मल्लले वेस्ट इन्डिजको एयरपोर्टमा छु भनेर अन्तिम पटक शुक्रबार लामिछानेसँग कुराकानी गरेको बताए। त्यसपछि उनीसँग कुराकानी नभएको उनी बताउँछन्। काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई पक्राउ पूर्जी आदेश दिएको थियो। लामिछानेलाई अध्यागमन विभागले पनि कालोसूचीमा राखेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email