Entertainment

१२ औं पटक डिभोर्स, नयाँ साथी खोज्दै यी महिला !

बिहे मानिसको जीवनको त्यो क्षण हो जसलाई सबैजसो मानिसले अनुभव गर्न चाहन्छन् र त्यसरी बिहे गरेर जीवनसाथी बनेको व्यक्तिसँग जीवनभर सँगै बाँच्ने बाचा गर्दछन् । बिहे गरिसकेपछि चाहे महिला होस् वा पुरुष जो कोहीलाई पनि आफ्नो सम्बन्ध जीवनभर चलोस् भन्ने चाहना हुन्छ ।

तर सबैको हकमा त्यो सम्भव हुँदैन । कहिलेकाहीँ विभिन्न कारणले पतिपत्नीबीच सम्बन्ध विच्छेद हुन्छ र बाटो अलग अलग बन्दछ ।कुनै व्यक्तिको जीवनमा एक दुई पटक वैवाहिक सम्बन्ध टुंगिनु त सामान्य नै होला । तर यस्तो डिभोर्स जब एउटा व्यक्तिको जीवनमा १२औं पटकसम्म हुन्छ तब, अवस्था के होला

अमेरिकामा बस्ने एक महिलाको जीवनमा यस्तो अकल्पनीय घटना भएको छ ।ती महिलाले ११ पटक बिहे गरिसकेकी थिइन् र उनको सबैसँग डिभोर्स भैसकेको थियो । उनले पछिल्ला दिनमा १२औं बिहे गर्ने कोसिस पनि गरिन् तर बाह्रौं बिहेचाहिं इन्गेजमेन्टमै पुगेर टुंगियो ।

डेलीस्टारको रिपोर्ट अनुसार ५२ वर्षकी मोनेट डियासको जीवनमा यस्तो घटना भएको हो । पेशाले इन्टेरियर डिजाइनर रहेकी मोनेटले ११ वटा बिहे र एउटा इन्गेजमेन्ट गरेर पनि अहिले एक्ली छिन् । उनी एकल आमा हुन् ।

मोनेटकी बहिनी मार्सीका अनुसार जब उनकी दिदी मोनेटले दुईरतीन वटा बिहे गरिन् त्यतिबेलासम्म त उनीहरूलाई सामान्य नै लागेको थियो र उनको भविष्यबारे कुनै पनि चिन्ता थिएन । तर मोनेटको डिभोर्सको शृङ्खला रोकिएन ।बिहे गर्ने र डिभोर्स गर्ने क्रम चलिरहँदा उनको ११औं बिहे पनि टुट्यो ।

अब चाहिं उनको ९मोनेट० जीवनमा कुनै पनि पुरुष लेखेको रहेनछ भन्ने बहिनी मार्सीलाई लागेको छ । रिपोर्ट अनुसार ११औं पतिबाट अलग भएसँगै नयाँ पार्टनरको खोजीमा मोनेट टिएलसी टेलिभिजनको रियालिटी शो ‘मा गएकी थिइन् ।टेलिभिजन सिरिजमै उनको भेट जोनसँग भयो । केही समयपछि दुई जनाबीच इन्गेजमेन्ट भयो । दुवैको सम्बन्ध ठीकै चलिरहेको थियो तर अचानक उनीहरूको ब्रेकअप भयो ।

जोनसँगको ब्रेकअप आफ्ना लागि निकै कठिन रहेको मोनेट बताउँछिन् । आफूले जोनलाई निकै माया गर्ने गरेको र सम्बन्ध जोगाउनका लागि धेरै प्रयास गरेको भए पनि सफल नभएको उनी बताउँछिन् । १२औं पटकसम्म ब्रेकअप भए पनि मोनेटको आशा अझै मरेको छैन । एकदिन सच्चा साथी अवश्य भेटिने उनको अभिलाषा छ । एजेन्सीको सहयोगमा

जब घरबेटीले युवतीलाई ‘भाडा दिनु पर्दैन’ भन्दै सुटुक्क आफ्नो कोठामा बोलाए…………शहरमा सबैसँग घर हुँदैन । घर नहुनेहरु भाडामा बस्ने गर्छन् । यो सन्सार भरीकै चलन हो, जो भाडामा बस्छ, उसले घरधनीलाई निश्चित रकम दिन्छ । आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ ।

उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा सह-वास गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘से’ क्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ । आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ ।भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरु ।

डबलिनमा भाडाका लागि एउटा घरको विज्ञापनमा लेखिएको छ, ‘दक्षिणी डबलिनमा एउटा कोठा छ । एकल युवतीका लागि एउटा कोठा खाली छ । यसको भाडा तिर्नुपर्दैन । तर, थोरै रमाइलो गराउनुपर्ने हुन्छ । युवतीहरुले मात्रै सम्पर्क गर्नुहोस् ।’

यसैगरी, अर्को विज्ञापनमा लेखिएको छ, ‘सेन्ट्री डबलिनमा एउटा कोठा छ । शहर नजिकै । घरसँगै कार पार्किङ छ । भने बस स्टपको पनि सुविधा छ । छिटो गर्नुहोस् । तर, सुन्दर युवतीले मात्रै सम्पर्क गर्नुहोस् ।’ तस्वीर प्रतीकात्मक Source: https://chothale.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email