इलामकी ५५ वर्षीय सरिताले जन्माइन २२ छोराछोरी : कसरी सम्भव भयो ?

काठमाडौं । नेपालका दैनीक जीवनमा भइरहेका घटना उजागर गरिरहेका छौ । जुन विश्वकै मानिसका लागि अनौठा छन् । इलामको माई नगरपालिका वडा नं. ७ मा राई परिवारमा रहेकी आमाले अहिलेसम्म २२ जना बच्च जन्माएको भेटिएको छ ।
२२ जना छोराछोरीमा ६ जना छोरा र ८ जना छोरी गरी १४ जना छोराछोरी अहिलेसम्म बाँचिरहेका छन् भने ८ जना छोरा छोरी खेर गएको सो बच्चाहरुकी आमा बताउँछिन् ।
उमेरले ५५ वर्ष लागेकी सरिता राई अहिले पनि ४० वर्षको जोस जागरका साथ नाँच्ने गीत गाउँने गर्दछिन् । अच्चम लाग्ने कुरा त यो छ की २२ जना छोराछोरी जन्माउँदासम्म १ पटक मात्र अस्पताल गएको उनको भनाइ रहेको छ ।
उमेरले ५५ वर्ष पुगेका सरिताका श्रीमान बुद्धिकुमार राई पनि उतिकै जोशिला देखिन्छन् । यतिका बच्चा कसरी बनाउनु भयो ? भन्ने प्रश्नमा हिम्मतवाला श्रीमान र श्रीमती भएपछि हुन्छन् त भन्छन् । बुद्धिका अनुसार त्यति बेलाको जोस जागर, सृष्टिको प्रतिकले जन्माउँन पुगेको हो । २२ जना छोरा छोरी प्रत्येक १ वर्षको फरकमा जन्मिएको बुद्धिको भनाइ रहेको छ ।
श्रीमती सरिता राईका अनुसार अहिलेकाले एउटा बच्चा जन्माउँनु पर्यो भने अस्पताल पुर्याउनु पर्छ, अनेक औषधीहरु खानुपर्छ तर मैले १ पटक भन्दा डाक्टरको मुख नदेखि २२ छोराछोरी जन्माए, औषधीको नाममा केही खानु परेन । छोरा जन्माए कुखुराको भाले र छोरी जन्माएमा पोथी कुखुरा खाने गरेको उनीहरु बताउँछन् ।
८ जना बच्चा खेर गए पश्चात डाक्टरले अब बच्चा नजन्माउँन आग्रह गरेका कारण बच्चा जन्माउँने कोसिस नगरेको उनीहरु बताउँछन् । बुढेसकालको उमेरमा पनि निकै रमाइलोका साथै गीत पनि उत्तिकै जोस जागरका साथ गाउँने यी श्रीमान श्रीमती मिलेर बसिरहेका छन् । यो देख्दा गाउँले सबै चकित बनेका छन् । source:जनबोली न्यूज नेटवर्क