Interesting

अहिले सम्म कै ठुलो सर्प ! हेर्नुहोस् पुरा भिडियो…

संसारमा साँपका लगभग ३००० प्रजातिहरु छन् । तीमध्ये करीब ४१२ वटा प्रजातिहरु मात्र विषालु हुन्छ । फेरि ती विषालु साँपहरुमध्ये पनि सबै साँपको विष मान्छे मार्ने हदको खतरनाक हुँदैन । करीब २०० वटा प्रजातिका विषालु साँप विषले मात्रै मान्छेलाई मार्न सक्छ ।

इनल्याण्ड ताइपान
नेपाल तथा भारततिर पाइने साँपहरुमा सबैभन्दा विषालु साँप करेत हो । तर यो नै संसारको सबैभन्दा विषालु साँप चाहिँ होइन । संसारकै सबै भन्दा विषालु साँप अष्ट्रेलियामा पाइने इनल्याण्ड ताइपान (Inland Tiapan) हो । यसको वैज्ञानिक नाम (Oxyuranus microlepidotus) हे । यो सँपको विषको ०.०१७ मिलिग्राम मात्रा पनि मुसालाई मार्न पर्याप्त हुन्छ । त्यसैगरी, त्यसको ६ मिलिग्राम मात्राले मान्छेलाई नै मार्छ । तत्कालै उपचार पाएन भने मान्छे ठहरे मर्छ ! अझ खातरनाक कुरा ते के छ भने, यो साँपको विषग्रन्थी नै ठुलो हुन्छ र त्यसमा ४०० मिलिग्रामसम्म विष हुन्छ । यो मात्रा भनेको ८० जना मान्छे वा ११८ वटा भेंडा मार्न पर्याप्त मात्रा हो ।

टाइगर स्नेक
स्तनपायी जनवारहरुको लागि सबैभन्दा खतरनाक सर्प चाहिँ टाइगर स्नेक (Tiger snake) हो । अस्ट्रेलियाको दक्षिणी क्षेत्र तथा केही तटीय द्वीपहरुमा पाइने यस सर्पको वैज्ञानिक नाम (Notechis scutatus) हो । यो सर्पको ३५ मिलिग्राम विष मात्रै पनि ११८ वटा भेंडा मार्न पर्याप्त हुन्छ । अहिले सम्म थाहा भएका सर्पहरुका विषमध्ये यही सपृको विष नै स्तनपायी जनवारहरुको लागि सबै भन्दा घातक मानिएको छ ।

अफ्रिकन बोइगा
अफ्रिकन बोइगा (African Boiga) साँप हो । यसको वैज्ञानिक नाम (Dipsas dendrophila) को विष नै अत्यन्तै घातक हुन्छ । यसको ०.०००२ मिलिग्राम मात्रै विष पनि एउटा परेवा मार्नको लागि पर्याप्त हुन्छ । यसको विष यस्तो अत्यन्तै घातक मात्रै हैन,शिकारलाई ठाउँको ठाउँनै ठहरै पारिहाल्न सक्ने खालको हुन्छ । भन्नुको अर्थ के हो भने, यसको विष तुरुन्त असर गर्ने खालको समेत हुन्छ । विषेश गरि यो साँप चराहरुको शिकार गर्दै रुखमा मात्रै बस्ने हुनाले त्यसको शिकार भुइमा खस्न नपाओस वा उडेर अन्यत्रै गई मर्न नपाओस् भनेर नै जान नदिनको लागि नै प्रकृतिले त्यस्तो व्यवस्था मिलाएको हुनुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email