अमेरिकामा फेला पर्यो दुईवटा टाउका भएको अनौठो स’र्प

अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अनौठो सर्प फेला परेको छ । वातावरणवादी समूह अध्ययन भ्रमणका लागि सो स्थानमा जाँदा त्यस्तो सर्प भेटिएको हो । त्यसको नाम डबल डेभ राखिएको छ ।
सो सर्पका पूर्ण विकसित दुईवटा टाउका, चारवटा आँखा र दुईवटा जिब्रो पाइएका छन् । ती सबैले स्वतन्त्रतापूर्वक काम गरिरहेको देखिएको छ । वातावरणविद् डेभीड स्केनदरले सो सर्पलाई बाँच्न निकै कठीन जस्तो देखिएको जनाए ।
उनी र उनका साथीले सर्पको नाम डबल डेभ राखेका हुन् । सर्प भेट्ने दुवैको नाम डेभीड भएकोले सर्पको नाम पनि उनीहरुले त्यसैसँग जोडेर डेभीडको स्थानमा डेभ गरेर डबल डेभ राखेका हुन् । उनीहरुले सो सर्पलाई गएको अगस्ट २५ का दिन फेला पारेका थिए ।
यो पनि पढ्नुहोस
बेस्सरी हाँस्दा महिलाको बंगारा फुस्कियो, खुल्ला रहिरह्यो मुख स्वास्थ्यका लागि हाँस्नु निकै आवश्यक छ तर एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । एक महिला बेस्सरी हाँस्दा उनको बंगारा फुस्किएको छ जसका कारण उनले मुख बन्द गर्न सकिनन् । अन्त्यमा उनले डाक्टरको सहयोगमा समस्या सुल्झाएकी छिन् ।
घटना चीनको हो । स्थानीय ग्वान्चा न्यूजका अनुसार गत आइतबार गुआंगडोंग प्रान्तको गुआंगझु दक्षिण रेलवे स्टेशन नजिकै एउटा रेलमा यात्रा गरिरहेकी महिला यति बेस्सरी हाँसिन् कि उनको बंगारा डिस्लोकेट भयो । त्यसपछि उनलाई असाध्यै पीडा भयो ।
तर महिलाको भाग्य, त्यहाँ डाक्टर पनि उपस्थित थिए ।ल्याडबाइबलको रिपोर्ट अनुसार लिवान हस्पिटलका डाक्टर लुओ वेन्सेङ्ग रेलवे चिकित्सा इमर्जेन्सीको अपिलपश्चात् उनी महिला भएठाउँ पुगेका थिए ।
‘उनी र्याल काढिरहेकी थिइन् त्यसकारण उनलाई स्ट्रोक भएको ठानेँ ।’‘तर मैले उनको रक्तचाप लिए र उनलाई केही प्रश्न गरेँ त्यसपछि मात्रै उनको बंगारा डिस्लोकेट भएको थाहा पाएँ,’ उनको भनाई उद्धृत गर्दै ल्याडबाइबलले भन्यो ।नाम नखुलाइएकी ती यात्रीले उनको यसअघि पनि गर्भावस्थामा बान्ता गर्दा बंगारा डिस्लोकेट भएको जानकारी दिएकी छिन् ।