News

श्रीमानको कु’टाईबाट गम्भीर घा’इते भएकी १९ वर्षीया श्रीमती कविता यादवको मृ’त्यु!

श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी १९ वर्षीया श्रीमती कविता यादवको मृ’त्यु!

महोत्तरीमा आफ्नै श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको पिपरा गाउँपालिका ५ सहोडवा निवासी २१ वर्षीय बिमलेश यादवको कुटाईबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

गत असोज १८ गते बिहान श्रीमानले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी उनको असोज २० गते जनकपुर स्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो।

२५ गते बिहान ११ बजे उनको उपचारका क्रममा ज्यान गएको हो। उनलाई २० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।प्रहरीले बिमलेश यादवविरुद्ध सुरूमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो।

कविताको मृत्युपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक सरोज राईले बताए। आरोपीलाई असोज २१ गते पक्राउ गरिएको हो।माईतीपक्षले मृतकको अन्त्येष्टी गरेको छ। माईतीपक्षले दाईजोको कारण हत्या गरिएको आरोप लगाएको छ। श्रोत: दिनेश खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email