सन्दीप लामिछानेको हत्कडी खोलियो, मुस्कान दिदैं निस्किएको यो दृश्य !

सन्दीप लामिछानेको हत्कडी खोलियो, मुस्कान दिदैं निस्किएको यो दृश्य !
काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निल’म्बित कप्तान सन्दीप लामिछानेलाई लैजादा फरक दृश्य देखिएको छ । नेपाल प्रहरीले लामिछानेलाई त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज २० मा निय’न्त्रणमा लिएको थियो ।
वेस्ट इन्डिजमा रहेका सन्दीप झण्डै एक महिनापछि नेपाल फर्किएर प’क्राउ परेका थिए । प्रहरीले समातेर ल्याउदा उनी हत’कडी रुमालले छोपेर त्यहाँबाट आएका थिए ।
तर, आज भने उनको हत’कडी खोलेको छ । उनलाई काठमाडौं जिल्ला अदालतमा पाँच दिनको म्याद थपका लागि उपस्थित गराउने क्रममा प्रहरीले हत’कडी खोलेको हो ।
सन्दीपलाई बिहीबार हत’कडीविनै अदालतमा उपस्थित गराइएको छ। यसअघि गत असोज २० मा आफूमाथिको आ’रोपलाई सहयोग गर्न भन्दै विदेशबाट आफैँ आएका सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलमै ह’तकडी लगाइएको थियो ।
यसअघि उच्चपदस्थ तथा नेताहरु आ’रोपित हुुँदा हात खुुलै छोडिएको भन्दै बहसले चर्चा भएपछि प्रहरीले उनको हात खुुलै छोडेको बताइएको छ ।
लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थपको अनुमति दिएको छ । उनलाई थप पाँच दिन हिरा’सतमै राखेर अनुसन्धान हुने भएको हो ।
यता, युवतीका दुईवटा जन्मदर्ता रहेको भनेर वि’वादमा आएकी अधिवक्ता सुधा रिजाल बिहीबार काठमाडौं जिल्ला अदालतमा देखिइनन् । सञ्चारकर्मीहरुसँग बोल्ने कानुन व्यवसायीको टोलीमा अधिवक्ता सुधा नदेखिएपछि अनेकौँ अड्कलबाजी भएका छन् ।
गत आइतबार सन्दीपलाई पहिलोपटक अदालत उपस्थित गराउँदा रिजालले सन्दीपको मु’द्दा आफूले सुरुदेखि हेरेको दाबी गर्दै आ’रोप लगाउने युवतीका नाममा दुईवटा जन्मदर्ता रहेको र उनी ना’बालिग नभएको प्रमाण आफूसँग भएको बताएकी थिइन् ।
तर, हाल सन्दीपको कानून व्यवसायी टोलीमका सरोजकृष्ण घिमिरेले पी’डित भनिएकी युवतीका दुईवटा जन्मदर्ता रहेको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै आश्च’र्य व्यक्त गरेका थिए ।
रिजालले ए’क्कासि दुईवटा जन्मदर्ताको विषय निकालेको र टीममा त्यसबारे कुनै छलफलसमेत नभएको भन्दै त्यसलाई वेवास्ता गर्न अधिवक्ता घिमिरेले आग्रह गरेका थिए । स्रोतका अनुसार अनावश्यक बोलेर वि”वाद सृजना गरेको भन्दै सन्दीप र उनको परिवारले अधिवक्ता सुधालाई बाहिर नबोल्न आग्रह गरेका छन् ।