नेपालमा भेटियो यस्तो अचम्मको भैंसी, किसान परे छक्क । तपाई पनि हेर्नुहोस के हो ?

नेपालमा भेटियो यस्तो अचम्मको भैंसी, किसान परे छक्क । तपाई पनि हेर्नुहोस के हो ?
काठमाडौं : पूर्वी नवलपरासीको कावासोती नगरपालिका-४ हसौरामा दूध दिइरहेको भैंसी ब्या’ए’पछि किसान अचम्मित भएका छन् । हसौराका किसान रमाकान्त चापागाईँको भैंसी शुक्रबार बिहान ब्याएको छ, जसले बिहीबारसम्म दूध दिएको थियो ।
दैनिक १५/१६ माना दूध दिइरहेको भैंसी ब्याएपछि अ’चम्म लागेको किसान चापागाईंले बताए । ‘हिजोसम्मै दूध दिइरहेको थियो । ब्याउने छ भन्ने लागेकै थिएन । आज बिहान ब्यायो । अ’चम्मै लागेको छ,’ चापागाईंले भने ।
चापागाईंले २०७६ कात्तिकमा नजिकैको गाउँबाट ७८ हजारमा पहिलो बेते लैनो भैंसी किनेर ल्याएका थिए । भैंसी २०७६ असोजमा ब्या’ए’को थियो । भैंसीले त्यसयता २१ महीना निरन्तर दूध दिएको चापागाईँले बताए । भैंसीको ब्याउने मिति आइसक्दा पनि निरन्तर दूध दिएपछि चापागाईंले नगरपालिकामा खबर गरेका थिए ।
नगरपालिकाको पशु विकास शाखाले भैंसीको बारेमा जानकारी लिएको र ब्या’उने मिति नजिकिंदा पनि दूध दिइरहेको पाइएको थियो । नगरपालिकाका पशु विकास अधिकृत टेकराज पौडेलले चापागाईंको भैंसीले ब्याउने बेलासम्मै निरन्तर दूध दिइरहेको पुष्टि गरे । ‘उहाँहरुले पहिले पनि जानकारी गराउनु भएको थियो । दूध दिइरहेको थियो । आज त ब्या’एछ,’ पौडेलले भने ।
ब्या’उ’ने मिति नजिकिंदा पनि भैंसीले दूध दिइरहेको थाहा पाएपछि डाक्टर पौडेलले केही समय दूध नदुहुन भनेका थिए । तर भैंसी धेरै नै पग्रिएपछि अप्ठ्यारो होला भनेर दुहुन सुझाव दिएका थिए ।भैंसी मालिक चापागाईंले भैँसीले दूध घटाउला र दुहुन छोड्नु पर्ला भन्दा भन्दै भैंसी ब्याएको बताए ।
उनका अनुसार गत वैशाखमा दूध घटेको थियो, तर पुनस् पग्रिएर धेरै दूध दिन थालेपछि दुहुन छोडेनन् । पशु चिकित्सकका अनुसार सामान्यतया भैंसीले एक बेतमा ६ महीनासम्म दूध दिनसक्छ । भैंसीको जात अनुसार केही महीना तलमाथि हुनसक्छ ।
डाक्टर पौडेलका अनुसार चापागाईंको भैंसी मुर्रा क्रस हो । यसले ६ महीनामा एक हजार ८०० लिटरसम्म दूध दिन्छ । उन्नत जातका गाईंले यसरी निरन्तर दूध दिने गरेका घ’ट’ना भए पनि भैंसीले यसरी दूध दिनु दुर्लभ भएको डाक्टर पौडेलले बताए । ‘उन्नत जातका गाईंमा यस्तो हुन्छ तर भैंसीमा यो दुर्लभ नै हो, ‘उनले भने, जेनेटिक कारणले पनि यस्तो भएको हुनसक्छ ।यो खबर अनलाईन खबरबाट साभार गरिएको हो ।