News

सामाजिक संजालमा भाइरल यो जोडी को हुन ?

मन संग मन मिलेको एक जोडी सामाजिक संजाल टिकटकमा भाइरल भएका छन् l ती हुन नेपाली चेली एलिशा कुँवर र उनका श्रीमान अफ्रिकी देश घानाका डेनिस हुन् l

“सुन्दरता संग गरीने प्रेम उमेरले मेटाइदिन्छ अनि धनी संग गरिने प्रेम समयले सकाइदिन्छ । तर मन संग गरिने प्रेम संधैभरी रहिरहन्छ ।” आजभोली एउटा स्त्रीले हेरविचार र भावना बाट प्रेमको महशुस गर्छिन भने एउटा एउटा पुरुषले स्वकृति र स्पर्शबाट प्रेमको महशुस गर्छ र यहि भिन्नतालाई नबुझ्नाले आजभोलिको प्रेम सुरु हुनुभन्दा पहिलेनै सकिन्छ । कतिपय चोखो प्रेममा न’त रुप हेरिन्छ, न त रंग नै हेरिन्छ । तर यो प्रेममा मन अवस्य नै हेरिन्छ ।

तस्बिरमा देखिएकी युवती हुन नेपाली चेली एलिशा कुँवर भने सँगै देखिने युवक अफ्रिकी देश घानाका डेनिस उनका श्रीमान ।‌ दसैँ टीकाको दिन देखि यो जोडीको तस्बिर सामाजिक सञ्जलामा खुब चर्चामा रहेको छ । पहिलो पटक एलिशाले हाम्रो पहिलो दशै भनेर २०७७ सालको दसैँमा टिक-टकमा दसैँ टिका लगाउँदै गरेको भिडियो अप्लोड गरेकी थिइन ,त्यस पछि यो जोडी सबैको नजरमा परेको हो । उनीहरूको भिडियो लाखौंले हेरे त्यस्तै शेयर पनि हजारौंले गरे ।

विशेष गरि श्रीमान डेनिसले श्रीमती एलिशालाई दशैमा टीका लगाइदिरहेको भिडियो एकाएक भाइरल हुन पुगेको थियो । त्यस्तै उनको यस भिडियोलाई हेरेर हजारौंले एकदमै राम्रा राम्रा प्रतिक्रिया पनि दिएका थिए । उनको दसैँ टिकाको उक्त भिडियो र तस्बिर यो वर्षपनि निकै भाइरल भै रहेको छ यो सालको दसैँमा उनले इन्स्टाग्राममा थुप्रै दसैँ बिशेष फोटो र भिडियो शेयर गरेकी छिन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email