बिदेश बाट आएको श्रीमती airport बाटै फ’रार भएपछी बुवा छोरा रुँदै फर्किए – हेर्नुस् भिडियो सहित

बिदेश बाट आएको श्रीमती airport बाटै फरार भएपछी बुवा छोरा रुँदै फर्किए – हेर्नुस् भिडियो सहित
कृपया यो पनि हेर्नुस् :- शुभेच्छुकबाट उम्मेद्वारको खातामा रकम : निर्वाचन खर्च जुटाउने नौलो अभ्यास मानुषी यमी भट्टराई, मिलन पाण्डे र धनेज थापा२९ असोज, काठमाडौं । सत्ता गठबन्धनको समर्थनमा काठमाडौं–७ मा माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी मानुषी यमी भट्टराईले विहीबार अपराह्न आर्थिक सहयोगको अपिल सहित एउटा सन्देश पोष्ट गरिन् । उनले आफूलाई आर्थिक सहयोग गर्न आग्रह गर्दै क्यूआर कोड र बैंक खाताको विवरण सार्वजनिक गरिन् ।
‘हाम्रो विद्यमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो छ, सदनमा हामी यसको विषय उठान गर्ने नै छौं’ उनले फेसबुकमा लेखेकी छन्, ‘निर्वाचनमा लाग्ने आधारभूत खर्चका लागि आर्थिक सहयोगको अपेक्षा सहित हाम्रो अभियानमा यहाँको पनि प्रत्यक्ष सहभागिताको लागि अनुरोध गर्दछु ।’ उनले खर्चिलो निर्वाचन प्रणालीबारे संसदमा बहस गर्ने प्रतिवद्धता समेत जनाएकी छन् ।
निर्वाचनमा आर्थिक सहयोगको याचना सहित आग्रह गर्ने उनी एक्ली उम्मेद्वार होइनन् । विवेकशील साझाबाट काठमाडौं–२ का उम्मेद्वार धनेज थापाले पनि सहयोगको अपिल गरेका छन् । काठमाडौं ५(क) बाट प्रदेशसभाका स्वतन्त्र उम्मेद्वार सस्मित पोख्रेलले आर्थिक सहायताको अपिल गरेका छन् । विवेकशील अभियान ( साझा पार्टी, नेपाल )बाट काठमाडौं–९ मा उम्मेद्वार बनेका मिलन पाण्डेले पनि यसैगरी अभियान शुरु गरेका छन् । काठमाण्डौं–५ की स्वतन्त्र उम्मेद्वार रञ्जु न्यौपाने(दर्शना)ले पनि यसरी स्रोत संकलन अभियान थालेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–८ का उम्मेद्वार विराजभक्त श्रेष्ठले समेत त्यसैगरी आर्थिक सहयोग उठाइरहेका छन् ।
‘ठूला चन्दाको ठूला धन्दालाई हामी तिरस्कार गर्छौं । आजको ठूलो सहयोगको नाममा भोलिको ठूलो स्वार्थलाई हामी निरुत्साहित गर्दछौं,’ उनले लेखेका छन्, ‘आम नागरिकबाट उठेको सहयोगले नै हाम्रो चुनावी अभियान सञ्चालन गर्दैछौं । उठेको एक–एक रुपैयाँको पारदर्शिता कायम गर्ने प्रतिबद्धता सहित सहयोग गरिदिनुहुन अपिल गर्दैछौं ।’ यस्तो अभियान काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रबाट बढ्दो क्रममा छ ।
हरेक पटकको निर्वाचनमा प्रचारप्रसार शुरु भएसँगै ठूला दलहरुले परम्परागत रुपमा व्यवसायी, उद्योगी एवं धनाढ्यहरुसँग आर्थिक सहयोग लिने गरेको चर्चा सुनिन्छ । बढ्दै गएको निर्वाचन खर्च धान्न कठिन भएको र यसले प्रतिस्पर्धालाई नै असन्तुलित बनाउने भनी चिन्ता प्रकट हुन थालेका बेला केही युवा उम्मेद्वारहरुले भने आम समुदायसँग आग्रह गरी आर्थिक स्रोत जुटाउने उपायमा लागेका हुन् ।
यस्तो अभियानले उम्मेद्वारहरुलाई प्रत्यक्षतः दुई फाइदा हुने देखिन्छ । एक, उनीहरुले सार्वजनिक रुपमा आह्वान गरेर आर्थिक सहयोग मागेकाले सहयोगीहरुलाई यो तुलनात्मक रुपमा कम दबावयुक्त हुन्छ अनि चन्दादाताहरु स्वेच्छिक सहयोग गर्न उत्प्रेरित हुन्छन् । अर्को, धेरै शुभेच्छुकहरुले नगन्य परिमाणमा चन्दा दिने भएकाले उम्मेद्वार निर्वाचित भइहालेमा समेत आर्थिक सहयोगीबाट प्रभावित हुने र उनीहरुको पक्षमा नीति निर्माणदेखि अन्य काम गर्ने जोखिम कम हुन्छ ।