दुखद खबर: सवारी दु,र्घटनामा परी पाँच जनाको मृ’त्यु

काठमाडौं, २९ असोज –दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीमा रा.७ प ३१३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने केशब डाँगीको छोरा ४ वर्षीय स्मार्ट डाँगीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जा, गल्याङ नगरपालिका-१ रातामाटेमा ग.३ च १४०३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-२५ ड्राइपोर्ट गेट अगाडि सडकमा ना.५ ख २२६१ नम्बरको ट्रकले प्रदेश २-०३-०२० प ८७९९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत घर भई वीरगंज महानगरपालिका-२३ सबैठवा बस्ने ३० वर्षीय सन्तोष कुशवाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, भद्रपुर नगरपालिका-७ बासोलाल चोकमा हाल नम्बर नखुलेको मोटरसाइकलले साइकललाई शुक्रबार राति ठक्कर दिँदा साइकलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय अनिल राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम साई पाथिभरा अस्पताल भद्रपुर हुँदै विएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भऐको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, महागढीमाई नगरपालिका-८ थलही पुलमा बीआर ०५ एइ १८०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत छौडादानो पिपरा बस्ने ४५ वर्षीय जमोदिन मियाँको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।