युवक सिंहको अगाडि हा,म्फाले, सेल्फी खिचे, बचाउन खोज्दा भने: ‘मर्न आएको हुँ’ तर…

२८ वर्षका एक युवकले चिडिया’खानामा सिंहको अगाडि हाम्फा’ले । उनले सिंहसँग सेल्फी खिचे । तैपनि सिंहले उनलाई केही गरेन । आज तकको समाचार’अनुसार हिजो बिहीबार दिल्लीको चिडिया’खानामा ती युवक सिंहको अगाडि हाम्फा’लेका थिए । यो भिडियो अहिले सामा’जिक संजालमा भा’इरल भइरहेको छ ।
यी सनकी युवक सिंहको अगाडि धेरै नै समय बसे । उनले सिंहसँग सेल्फी पनि लिए । यति गर्दा पनि सिंहले उनलाई केही गरेन । चिडियाखानाका कर्मचारीका अनुसार १७ नम्बर पिंजडामा सुन्दरम नामको सिंह छ ।
सुन्दरम’लाई हरेक दिन साँझ ४ देखि ५ बजेको बीचमा खाना दिइन्छ । तयस’पछि केही खाना बिहान’को लागि पनि राखिदिइन्छ । बिहान ९ देखि १० बजेको बिचमा सिंहको पिंजडा खोलिन्छ ताकि ऊ आफ्नो क्षेत्रमा घुमफिर गर्न सकोस् ।
बिहीबार सिंहले बिहान’को खाना खाइ’सकेको थियो र उसको पेट भरिएको थियो । त्यतिबेला सिंहको पिंजडा खोलिएको थियो र ऊ आफ्नो क्षेत्रमा घुमि’रहेको थियो । सिंहलाई जब भोक लागेको हुँदैन त्यति’बेला उसले आफ्नो शिकार’लाई केही गर्दैन । सिंह यदि भोको भएमा भने उसको यति नजिक रहेर बच्न असम्भव हुन्छ । ती व्यक्ति पनि सिंह अघाएको बेला त्यहाँ गएकोले सिंहले उन’लाई केही गरेको थिएन ।
रेहान खान नामका यी युवक पूर्वी चंपारणको भएको बता’इएको छ । विगत केही दिनदेखि उनी दिल्लीको सिलमपुरमा बदै आएका थिए । चिडियाखानाका जनसम्पर्क अधिकृत रियाज खानका अनुसार रेहान सिंहको क्षेत्रमा हाम्फाल्नु’अघि उनले एक गार्डलाई आफू म’र्नको लागि जान लागेको बताएका थिए । रेहानले हाम्फालेको क्षेत्रमा १० वर्षको सिंह सुन्दरम थियो ।
यो घटनाको खबर चिडियाखानाको क्विक रेस्पोन्स टिमले पाएपछि उनीहरु घटना’स्थल पुगे । टिमले सिंहको क्षेत्रभित्र गएर सिंहको ध्यान अन्यत्र भट्काए र उसलाई अर्को तर्फ लिएर गए । त्यहाँ सिंहलाई बे’होस बनाइयो । त्यही क्रममा फायर ब्रिगेड र पुलिस पनि घटना’स्थल पुगे ।
सिढी र डोरीको सहायताले रेहान’लाई बाहिर निकाल्न खोज्दा उनी बाहिर निस्कन मानेनन् । उनले स्टाफसँग आफू मर्न त्यहाँ गएको बताए’का थिए । १५ मिनेट’सम्म भित्र नाटक चल्यो । अन्ततः १० जनाको टिमले उनलाई बाहिर निकाले ।