सन्दिपको बयान सार्वजनिक, के भने बयानमा ? सन्दिपको बयानले पहरी नै चकित पर्यो – हेर्नुस् भिडियो सहित

सन्दिपको बयान सार्वजनिक, के भने बयानमा ? सन्दिपको बयानले पहरी नै चकित पर्यो – हेर्नुस् भिडियो सहित
कृपया यो पनि हेर्नुस् :- अधुरै रह्यो सत्यमोहनको बालनृत्य देखाउने सपना ;- एउटा नागरिकको शक्ति कति हुन्छ, आइतबार ललितपुर महानगरपालिका प्रांगणमा देख्न पाइन्थ्यो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्यहाँ करिब चार घण्टा राखियो ।देशको अभिभावक, सर्वोच्च नागरिक, शताब्दी कटाएका एक युग पुरुष र नेपाली संस्कृति कला साहित्य र इतिहासमा अतुलनीय योगदान पुर्याएका जोशीलाई श्रद्धाञ्जली अर्पण गरी बिदाइ गर्न सयौैं सर्वसाधारणका साथै कलाकार, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसमेत उपस्थित भए ।
प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बामदेव गौतम लगायतका नेता जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पुगे । प्रधानमन्त्री देउवाले जोशीको शरीरलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।
प्रचण्डले युग पुरुष सत्यमोहनको सम्मानका लागि राज्य र सरकारले उनको सम्झनाका लागि केही काम गर्ने बताए । ‘शताब्दी पुरुष जोशीको सम्मानका लागि राज्य र पार्टीहरुले केही न केही काम गर्छौं जसले उनलाई युगयुगसम्म हामीलाई सम्झाइरहने छ’, प्रचण्डले भने ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सरकारले जोशीको सम्मानका लागि एक दिन सार्वजनिक विदा दिने निर्णय गर्ने बताए जोशीलाई श्रद्धाञ्जली दिन ललितपुर पुग्नेमध्येका एक हुन् नेपाल भाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वा । केही समय सँगै काम गरेका उनले जोशीको कर्म र लगनशीलताबाट प्रभावित भएको बताए ।
जोशीको शवमा राष्ट्रिय झण्डा ओढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
‘सयौं वर्षमा एकफेर जन्मिन्छन् सत्यमोहन । सत्यमोहनको मृत्यु एक युगको अन्त्य हुनु हो’, उनी भन्छन्, ‘भावी पुस्ताले जोशीको ज्ञान, उहाँले हिँडेको बाटो, लगनशीलता, अन्वेषणप्रतिको लगाव र सादगीपन अनुशरण गर्नुपर्छ ।’
दायित्व वाङ्मय प्रतिष्ठानका ठाकुर शर्मा भण्डारीले सत्यमोहन जोशीको मृत्युलाई नेपाली कला, साहित्य र इतिहासको अध्ययन अनुसन्धान र जर्गेना गर्ने व्यक्तिको अन्त्यको रुपमा लिए ।‘नेपालको कला, संस्कृति र इतिहासमा अतुलनीय योगदान पुर्याएका सत्यमोहन राज्यका सम्पत्ति हुन् । आज राज्यको सम्पत्ति ढलेको छ’, भण्डारी भन्छन्, ‘जोशीले गरेका कामबारे जति वर्णन गरेपनि पुग्दैन ।’
सीमाविद् बुद्धिनारायण श्रेष्ठले अब नेपाली कला, साहित्य र संस्कृतिमा कसले काम गर्छ भन्ने प्रश्न उठाए । ‘अब नेपाललाई कला संस्कृति र इतिहासबारे कसले बताउँछ ? कसैलाई केही जान्न मन लाग्यो, बुझ्न मन लाग्यो भने कसलाई सोध्न जान्छ ? कसले एक सय वर्षको इतिहास फरर बताउँला ?’ उनले प्रश्न गरे ।
जोशी जस्ता राष्ट्रका गहनाको स्वास्थ्यका बारेमा सरकारले चासो नदिएको उनले दुखेसो गरे ।ललितपुर पाटनका वासिन्दा बलराम सापकोटा आफू जोशीको सादगीपनाबाट प्रभावित भएको बताउँछन् । ‘उहाँ त्यति ठूलो मान्छे भएर पनि ट्याम्पो, लोकल बस चढ्नुहुन्थ्यो । बालबालिका, साना–ठूला कसैलाई कुनै भेदभाव थिएन । उहाँ प्रफुल्लित तरिकाले बाँच्नुभयो’, उनी भन्छन् ।
साहित्यिक पत्रकार मञ्चका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ सत्यमोहन अलौकिक क्षमता र युगमा एक फेर जन्मने एक विशेष व्यक्तित्व भएको बताउँछन् । उनी भन्छन्, ‘सत्यमोहन नेपाली कला–संस्कृतिका एक नक्षत्र हुन्, रहिरहनेछन् ।’ललितपुर महानगरपालिकाले जोशीको सम्झनामा एउटा सडकको नाम सत्यमोहन जोशी मार्ग राखेको छ । सरकारले उनको नाम र तस्वीर अंकित सिक्का र हुलाक टिकट प्रकाशन गरेको छ । महानगरपालिकाले जोशीका लागि सवारीसाधन सुरक्षा गार्ड र मोबाइल फोनको समेत व्यवस्था गरेको थियो ।