संजोगले बर्षालाई आफ्ना आमाबुबा र भाइलाई माया नगर भनेपछि…(भिडियो)

काठमाण्डौं । केही समयदेखि फिल्म नगरीमा नायिका बर्षा राउत र श्रीमान संजोग कोइरालासँग सम्बन्धमा तरलता भएको चर्चा चलिरहेको छ ।संजोग र बर्षा आफ्नो बैबाहिक सम्बन्ध टुंग्याउने प्रक्रियामा रहेको समेत कुराकानी हुँदै आएको थियो । यो त सामान्य नै हो कि कुनै पनि मिडियाहरुले नायिकाको सानो कुरालाई पनि ठूलो बनाइ बढाइ चढाइ लेख्ने गर्छन ।
केहिसमय अघि वर्षाले आफ्नो सञ्जाल बाट पती सन्जोक कोइरालाको तस्बिर हटाउँदा सम्बन्ध चिसियो भनेर हल्ला चलेको थियो । आदर्श जोडीको उपनाम पाएका यो जोडीको सम्बन्ध चिसियो भन्ने खबर आउँदा दर्शक पनि सोच्न बाध्य बनेका हुन ।
बर्षा राउतले पनि आफ्नो सम्बन्धमा दरार आउनुको कारण खुलाएकी छिन् । उनले आफ्नो माइती पक्षलाई माया गर्न नदिएको गम्भीर आरोप संजोेगमाथी लगाएकी छिन् । उनले सो कुरा प्रति गम्भीर आपत्ति रहेको जनाएकी छिन् । आफ्ना आमाबुबालाई मायाँ गर्न नदिएको र कुराकानी समेत गर्न नदिएको उनको गम्भीर आरोप छ । सम्बन्ध धेरै नटिक्ने संकेत बर्षाले दिएकी छिन् ।