शपिङ मलमा सानो बालकले गरेको सानो गल्तीले उनका पिताबाट ७ लाख असुलियो, सबैले गरे कडा आलोचना

एउटा खेलौना पसलमा करिब ८ लाख रुपैयाँको मूर्ति थियो । त्यो लडेर फुट्यो । त्यसपछि सीसीटीभी फुटेज हेरेर मूर्ति लडा€उने व्यक्ति समातियो र उनीबाट क्षति`पूर्ति लिइयो । तर धेरै मानिस`हरूले यसको आलोचना गरिरहेका छन्।
हङकङको मोङकोक जिल्ला€को लङ्घम प्लेस सपिङ मलको खेलौना पसलमा ५.९ फिटको सुनौलो मुर्ति भुइँमा टुक्रा-टुक्रा परेको देखियो । जसका कारण पसलका कर्म`चारीमा सनस`नी फैलियो । उनीहरुले सीसीटीभी फुटेज जाँच गरेका थिए ।
जसमा एउटा सानो बालक त्यो मूर्तिको छेउमा उभिए`को देखियो । मूर्ति ढल्न थाले`पछि उनले पनि बचाउने प्रयास गरे तर अस`फल भए । त्यसपछि मूर्ति जमिनमा ढल्यो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार घट`ना हुँदा बालकका बुबा चेङ पसल`बाहिर फोनमा कुरा गरिरहेका थिए । तर जब मूर्ति ढलेको आवाज आयो, उनले पछा`डि फर्केर हेरे। चेङले भने- ‘मेरो छोरो उभि`रहेको थियो। उसले खेलौना मात्र हेरिर`हेको थियो। मेरो छोरो यो घटनाबाट यति डराएको थियो कि उसलाई स्कूल`सम्म छोड्नु`पर्यो। उसले मलाई मूर्ति किन डरलाग्दो देखिएको छ भनेर सोध्यो।’
आफ्नो छोरा`को गल्ती स्वीकार गर्दै, चेंग मूर्तिको क्षतिपुर्ति तिर्न राजी भए। मूर्तिको खुद्रा मूल्य ५२ हजार हङकङ डलर (८ लाख २२ हजार रुपैयाँ) भए पनि पसलले छुट दिँदा ४५ हजार ६ सय हङकङ डलर (७ लाख २१ हजार रुपैयाँ) तिर्नु`पर्ने भएको छ ।
पसलका सञ्चालक केके प्लसले आपसी सहमतिमा मूर्ति को हर्जाना तय भएको दा`बी गरेका छन् । पसलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यस घट`नामा तत्काल का`रबाही गरी सबै कुरा प्रस्ट गरिएको छ ।’
यो विषयलाई लिएर सामाजिक सञ्जालमा पनि बहस सुरु भएको छ । कतिपयले पसल`लाई दो€षारोपण गरिरहेका थिए भने अर्को पक्ष बालकको विरु`द्धमा देखापरेको थियो । कतिपयले झू`ट बोलेर बालक बुवाबाट पैसा लिएको विश्वास गरे`का थिए ।
अर्को पक्षले भने कोही नजिक नआ`ओस् भनेर मूर्ति`लाई घेरेर राख्नुपर्ने बताए । कतिपयले अभिभावकले बच्चाको हेर`चाह गर्नुपर्छ भन्ने पनि विश्वास गरे। क्षति`पुर्ति लिइएको कुराको च`र्को आ`लोचना भएपछि पसलले बालकका पिताला त्यो पैसा फिर्ता गरिएको बताएको छ ।