अस्पतालको छतमा ५ सय मानिसका श’व फेला, धेरैको मुटु नि,कालिएको छ

एक अस्पतालको छतमा करिब ५ सय बेवारिसे शव फेला परपछि सबैको होस उडेको छ । पाकिस्तानको मुल्तान सहरको पञ्जाब निस्तार अस्पतालबाट एउटा दर्दनाक घटना बाहिर आएको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अस्पतालको छतमा करिब ५ सय बेवारिसे शव फेला परेका छन् । उनीहरुको भित्री अंग पनि छैन् । धेरै शवको छाती खुल्ला छ, मुटु निकालेको अनुमान गरिएको छ ।
अस्पतालको छतमा भेटिएका शव निकै पुराना भएकाले सडेका छन् । मुख्यमन्त्री परवेज इलाहीका सल्लाहकार चौधरी जमान गुर्जर अस्पताल पुगेका थिए । उनले सबै शवलाई दाहसंस्कार गर्न निर्देशन दिएका छन् । साथै स्वास्थ्य अधिकारीहरूलाई छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिइएको छ । त्यसपछि दक्षिण पञ्जाबको स्वास्थ्य विभागले यस विषयमा अनुसन्धान गर्न ६ सदस्यीय टोली गठन गरेको हो। तीन दिनभित्र छानबिन प्रतिवेदन बुझाउनुपर्नेछ ।
निस्तार मेडिकल विश्वविद्यालयका एक विद्यार्थीले डन अखबारलाई भने, ‘विद्यार्थीहरूले यी शवहरू मेडिकल प्रयोगका लागि प्रयोग गरिरहेका थिए ।’ उनका अनुसार शव पहिले नै प्रयोग भइसकेका हुन् । तर थप मेडिकल प्रयोगका लागि हड्डी र खोपडी निकाल्न छतमा राखिएको थियो ।
पाकिस्तानको स्वास्थ्य क्षेत्रको अवस्था पहिले नै खराब छ । देश एक महिनाभन्दा बढी समयदेखि बाढीको चपेटामा पर्यो । जसकारण आगामी दिनमा पाकिस्तानमा लामखुट्टेबाट सर्ने संक्रामक रोगहरु बढ्ने डब्ल्यूएचओले चेतावनी दिएको छ । सोही कारण पाकिस्तानका मेडिकलमा दबाब बढेको छ । यो चेतावनीपछि पाकिस्तान सरकारले हालै भारतबाट ६० लाख लामखुट्टेको जाली खरिद गर्नेछ ।
पाकिस्तानको स्वास्थ्य क्षेत्रको अवस्था त्यहाँ जीवन बचाउने औषधि उपलब्ध नभएको तथ्यबाट अनुमान लगाउन सकिन्छ । रेबिज, क्यान्सरको औषधि र मल्टि भिटामिनका लागि पनि यो भारतमा निर्भर पर्नुपर्ने अवस्था रहेको छ । भारतसँग व्यापार नगरे पनि पाकिस्तानले औषधिका लागि भारतको भर पर्नुपर्ने अवस्था छ ।