News

गुडिरहेको म्याजिक भ्यानबाट खसेर ७ वर्षीय बालकको मृ’त्यु,चालक फरार

महोत्तरी, २ कात्तिक :महोत्तरीको बर्दिबास नगरपालीका–८ सानो किशानमा आज गुडिरहेको म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नर बहादुर राईका ७ वर्षीय छोरा पृथ्वी राई रहेका छन् ।

ना ३ च ५७५३ नम्बरको म्याजिकबाट आज मध्यान्ह १२ बजे खसेर गम्भिर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो । घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् । उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email