हृदयघातपछि स्वास्थ्य लाभ गर्दै अभिनेत्री वर्षा शिवाकोटी

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक संजालबाट यस कुराको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् । चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।
२७ वर्षिया अभिनेत्री पछिल्लो समय देश विदेश घुमघाममा व्यस्त थिइन् । वर्षा पछिल्लो समय वैवाहिक सम्बन्धलाई लिएर समेत चर्चामा छिन् ।उपयोग हुन छाड्यो बैलगाडा
कञ्चनपुर, ३ कात्तिक । शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा(लहरु)मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ ।
लहरुमा रमाईलो गर्दै यात्रा गर्नुको तत्कालीन परिवेश झल्झली याद आउने गरेको उहाँले बताउनुभयो।“पारिवारिक भेटघाट, विवाह, भोजभतेरलगायतका अन्य कार्यमा घर देखिटाढा जाँदा लहरुको प्रयोग ल्याइने गरिनथ्यो”, उहाँले भन्नुभयो, “विगतका ती रमाइला क्षणको वर्णन जति गरे पनि कम हुन्छ, एक जनाले लहरु हाक्थ्यौँ, अरुले गन्तव्यमा जाँदा कथा, कहानी, चुट्किलासँगै रमाईला कुराकानी गरेर बाटो काटेको थाहै हुँदैनथ्यो ।”
सवारीको साधनको रुपमा छ दशकअघि गोरुले तान्ने लहरुको चलन निकै हुने गर्दथ्यो । विशेष गरी गाउँका ठूला बडाहरु(जमिदार)ले सवारी साधनका रुपमा बैलगाडा भन्दा सानो लहरुको प्रयोग निकै गर्दथे ।“काठबाट बनाइएको लहरु आकर्षक रुपमा बनाइएको हुन्थ्यो”, उहाँले भन्नुभयो,
“लहरु बनाउन राखिएको काठमा निकै आकर्षकरुपमा बुट्टा बनाएका हुन्थे, आरामले चारदेखि पाँच जनासम्म बस्न सक्ने गरी बनाइएको हुन्थ्यो, गन्तव्यमा छिटो पुग्नका लागि फुर्तिला दौडिन सक्ने गोरुहरु लहरुमा तान्नका लागि प्रयोग गरिन्थ्यो, सवारीका साधनका रुपमा त्यस बेला ग्रामीण क्षेत्रमा एक मात्रै साधन लहरु थियो ।”
“तराईमा लहरुको सट्टा जमिदारले साइकल चढ्न थाले, लहरुभन्दा छिटो पुग्ने पुगिन्थ्यो”, लहानु चौधरीले भन्नुभयो, “त्यस पछि मोटरसाइल हँुदै, हाल कार, जीप चढ्ने चलन चलेपछि लहरु हराए ।” गोरुले तान्ने छ दशकअघिको निकै लोकप्रिय साधन लहरु खोज्दा पनि हाल नपाइने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लहरु पूरै काठले बनाइएको हुन्थ्यो।
स्थानीयस्तरमै पाइने काठ, डोरी, किला, चक्का राख्ने फलामको धुराको प्रयोग गरी स्थानीय सीप सिकेका व्यक्तिले सहजरुपमा लहरु बनाउने गर्दथे । काठको अभाव र लहरुको ठाउँ अन्य आधुनिक साधनले लिएपछि हराएको स्थानीय बूढापाकाको भनाइ रहेको छ । लहरुभन्दा ठूलो आकारमा बनाइनेसँगै कृषिजन्य सामग्री र काठ ओसार्नका लागि प्रयोग हुने बैलगाडाको प्रचलन परम्परागत रुपमा तराई क्षेत्रमा चल्दै आएको छ । मालवाहक साधनका रुपमा बैलगाडालाई लिइने गरिन्छ ।