News

भारतमा बच्चा चोरीको आशंकामा चार साधुमाथि कुटपिट, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

नयाँ दिल्ली : भारतमा महाराष्ट्रको सांगलीमा उत्तर प्रदेशका चार साधुमाथि कुटपिट भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा मानिसहरूले साधुलाई कुटपिट गरेको देखिन्छ।सांगलीका एसपी दीक्षित गेडामले सो घटनामा कुनै उजुरी वा औपचारिक प्रतिवेदन नआए पनि भाइरल भिडियोको छानबिन गरी सत्यतथ्य पुष्टि गर्ने बताए।

‘ साधुहरू पंढरपुर दर्शन गर्न गइरहेका बेला सांगलीबाट बाहिरिने क्रममा यो घटना भएको बताइएको छ । मानिसले उनीहरुलाई बालबालिका चोर भनेर कुटपिट गरेका थिए। महाराष्ट्र भाजपाका वरिष्ठ नेता र विधायक राम कदमले उक्त घटनाको कडा निन्दा गरेका छन्।

उनले भने, ‘संतहरूमाथि भएको यस्तो दुर्व्यवहार हामी सहने छैनौं। जो दोषी छन् उनीहरूलाई कडा सजाय हुनेछ। पालघर साधु हत्याकाण्डमा तत्कालीन सरकारले अन्याय गरेको थियो। महाराष्ट्रको वर्तमान सरकारले मान्दैन। सन्तहरूलाई कुनै पनि प्रकारको अन्याय हुन दिनेछैनौं। दोषीलाई कडा भन्दा कडा कारबाही हुनेछ।’

सन् २०२० मा पनि महाराष्ट्रमा साधुमाथि आक्रमणको भएको थियो। अप्रिल १६, २०२० मा, पालघरको गडचिंचले गाउँमा, गुजरातको सूरतबाट आउँदै गरेका तीन जनालाई बाटोमा केही व्यक्तिले रोकेर कारबाट बाहिर निकालेर कुटपिट गरेका थिए। कुटपिटकै कारण उनीहरुको मृत्यु पनि भएको थियो।

मानिसहरुले उनीहरुलाई चोरको आशंका गरेका थिए। उनीहरु तीनै जना अन्त्येष्टिमा सहभागी हुन सुरततर्फ जाँदै थिए । तीन जना साधुमा ७० वर्षीय महाराज कल्पवृक्षगिरी, ३५ वर्षीय सुशील गिरी महाराज र उनका एक चालक नीलेश तेलगने थिए। घटनामा संलग्न ११० जनालाई प्रहरीले पक्राउ गरेको छ जसमध्ये ९ जना नाबालिग रहेका छन् । बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email