News

गायिका जेरी र शंकरको सम्बन्धविच्छेद भएकै हो, बाहिरियो यस्तो कुरा

काठमाडौं, ४ कात्तिक । लोकगायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान शंकर क्षेत्रीले सम्बन्धविच्छेद गरेको खबर बाहिरिएको छजेरीले सामाजिक सञ्जालमा एक भावुक पोस्ट गर्दै काठमाडौं जिल्ला अदालतमा भएको पुष्टि गरेकी छिन् ।

अर्कोतिर क्षेत्रीले पनि ‘चोट माथि नुन छर्कनेहरुलाई के थाहा मनको पीडा’ भन्दै टिकटक बनाएका छन् ।उनीहरु दुवैको भावुक पोस्टले सम्बन्धमा दरार आएको हो भन्न सकिने आधार देखिएको छ । यद्धपी आधिकारिक रुपमा भने दुबैले केही बताएका छैनन् ।

लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।

यो जोडी आज काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो अदालतबाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार भोली डिर्भोस हुने पक्का पक्की नै छ।

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email