News

कसैको सम्पर्कमा नआउने गरि सामाजिक सञ्जालबाट बेपत्ता पूजा शर्मा

कुनै समय सामाजिक सञ्जालमा निकै समय बतिाउने लोकप्रिय नायिका हुन् पूजा शर्मा ।आँफुले लगानी गरेको फिल्मको प्रमोशनमा टिकटक, युट्युब, फेसबुक जताततैबाट ब्यापक प्रचार प्रसार गर्ने यी सुन्दरी अहिले भने गुमनाम छिन् । अहिले उनका आधिकारिक फेसबुक, टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय रहेको बताइन्छ ।

फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधीखोजी गरिरहेका बेला उनी हराउन पुगेकी छिन् । आँफुले अभिनय गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रवर्द्धन गर्न एक सातासम्मै हल दौडाहामा खटेकी पूजा एक्कासी किन यसरी लापत्ता भइन् ? फ्यानले उनलार्य खोजेको छन् ।

केहीदिन अघि मात्रै उनले फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै गुनासो गरेकी थिइन् । हाल सामाजिक संजालबाट अलग भएकी पूजा अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको एक नयाँ फिल्मको घोषणासँगै सामाजिक सञ्जालमा फर्किने रे ।

त्यतिन्जेली खासै आफ्नो काम नभएको र गाली खानका लागि मात्रै किन सामाजिक संजालमा सक्रिय हुन भन्दे उनी हराएकी हुन् रे । जुन कुरा उनकै स्टाटसबाट पनि रहस्यको चुरो बुझ्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email