प्रहरीले जन्मदर्तालाई नभई नागरिकतालाई नै अगाडी बढाउने, किशोरी नाबालिक नै भएको खुलासा !

काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको बला-त्कार मुद्दामा प्रहरीले अनुसन्धान लगभग टुंग्याएको छ। अनुसन्धान सकिएसँगै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकिएको छ।
प्रहरीले अनुसन्धान सकाएपनि तिहारमा अदालत बिदा हुने भएका कारण प्रहरीले मुद्दा दर्ता गरेन। अब लामिछाने विरुद्ध तिहार पछि मात्रै मुद्दा अदालतमा दायर हुनेछ। सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ।
कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती क-रणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
मुद्दामा अन्य प्रमाण नभए पनि पीडितको उमेर १८ वर्षभन्दा कम भएकाले सन्दीप दोषी ठहर हुने सम्भावना रहेको अनुसन्धान अधिकारीले बताए। प्रहरीले १८ वर्षभन्दा कम रहेको प्रमाणका रुपमा किशोरीको नागरिकता बुझाएको छ।
सन्दीपले बयानमा बलात्कार नगरेको दाबी गरे पनि किशोरीसँग होटेलमा गएको स्वीकार गरेको, जाहेरीमा उल्लेखित मिति र समयमा उनीहरू होटेलमा गएको सिसिटिभीबाट प्रमाणित भएको, होटेलमा एउटै कोठामा बसेको देखिएको र किशोरीको स्वास्थ्य परीक्षणमा कन्या जाली च्यातिएको देखिएको प्रस्तावित राय सुझावमा उल्लेख छ।
यसअघि सन्दीप र उनका वकिलले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको र जन्मदर्ता तथा बसाइँ सराइको कागजातमा १९ वर्षकी किशोरी भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन्।
उनीहरुले समेत उमेरलाई नै जोड दिएर प्रमाण पेस गर्ने सम्भावना छ। छुट्टाछुट्टै उमेर भन्ने प्रमाण पेस भएपछि अदालतले केलाई आधार मान्ने भन्ने कुराले सन्दीपविरुद्धको कसुरमा अर्थ राख्नेछ। १८ वर्षभन्दा कम उमेर ठहर भएमा सहमतीमै क-रणी भए पनि जबरजस्ती क-रणी मानिने कानुनी व्यवस्था छ।
यसअघि बयानका क्रममा पनि सन्दीप लामिछानेले किशोरीको उमेर १९ वर्ष भएको बताएका थिए। घटनाको समयमा नगरकोट जाँदै किशोरीसँग कुरा भएको र त्यतिबेला उनले आफू १९ वर्ष भएको र कागजातमा भने एक वर्ष उमेर घटाएको बताएको बयान दिएका थिए। उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। तर घटनाको समयमा होटलको एउटै कोठामा राति बसेको भने उनले स्वीकार गरेका छन्।