News

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । उनको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो । चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।

बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए । चोरको बिषय अनुसन्धान लगभग लगभग सकिन लागेकोले चोर छिट्टै पत्ता लाग्ने एसपी सुधीरराज शाहीको भनाई रहेको छ ।

कृपया यो पनि हेर्नुस :-सलोनले भने– उनीसँग रूम नम्बर १०८ मा भेट भयो त्यसपछि फोनबाट प्रपोज गरेँ अभिनेता सलोन बस्नेतले आगामी मंसिर १२ गते विवाह गर्दैछन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफ्नो ४ वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको बताएका छन्।

नेपाल एयरलाइन्समा काम गर्ने एयर होस्टेस करिश्मासँग लगनगाँठो कस्न लागेका बेला सलोनका बाबु शोभित पनि निकै उत्साहका साथ छोराको विबाह गर्न लागेको बताउँछन् । पारिवारिक स्रोतका अनुसार मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिनेछ । यतिबेला सलोनलाई विवाहसँगै फिल्म मिलनको प्रचारको समेत चटारो छ ।

सलोनको मुख्य भूमिका रहेको फिल्म मिलनको पत्रकार सम्मेलनमा बोल्दै शोभितले छोरा सलोनले बिहे गरेपनि उनको मार्केट डाउन नहुने समेत भन्न भ्याए । सोभितले छोरा सलोनलाई लिएर हिमालपारिको जिल्ला मनाङमा ‘लोकेसन हन्टिङ’ नामक फिल्म बनाउँदैछन् । जसका लागि तिहारलगत्तै सलोनलाई लिएर शोभित त्यसतर्फ जाने बताइएको छ । सलोनले नेपाली बाबु बाट बालकलाकारको रूपमा डेब्यू गरेका थिए।

उनले होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाडाँको वरपीपल, बाबु कान्छा लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्। सलोनसलोनका बाबु सोभित बस्नेतले भव्य रुपमा मनाउने इच्छा देखाएसँगै मंसिर १० गतेदेखि १४ गतेसम्मै वैवाहिक कार्यक्रमको तयारी गरेको छ ।

यहिबिच उनले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफ्नो ४ वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको बताएका छन्। उनले एउटा यात्रा पूर्ण बिराम लागेर अर्को यात्रा शुरु गरेको अवसरमा विवाहको सबै टुंगो लागिसकेपछि प्रेमिकाको नामको ट्याटु हानेको बताए। उनले आफ्नो प्रेम यात्रा रूम नम्बर १०८ को गीतका लागि मोडल खोज्ने क्रममा भएको र त्यसपछि आफ्नो प्रेमको बारेमा फोनबाट प्रपोज गरेको बताए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email