News

केहिदिन अगाडी प्रेमीसँग इन्गेजमेन्ट नै तोडेकी मेलिना राईले फेरी फेरिन कुरा, भर्खरै लेखिन यस्तो स्टाटस : हेर्नुहोस

केहिदिन अगाडी प्रेमीसँग इन्गेजमेन्ट नै तोडेकी मेलिना राईले फेरी भर्खरै लेखिन यस्तो स्टाटस : हेर्नुहोस

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेपछि समानता र न्यायपूर्ण समाजको स्थापना हुन जरुरी भएको बताएकी छन् । केही समय अगाडि मात्र मेलिनाले आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै संगीतकर्मी बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी थिइन् ।

अलग भएपछि पहिलो पटक उनले आफ्नो सम्बन्धसँग सम्बन्धित स्टाटस पोष्ट गरेकी हुन । उनले आफ्नो स्टाटसमार्फत आफूले गरेका निर्णयहरु विद्यमान जातीय विभेद र पितृसत्तात्मक सोचको विरुद्धमा भएको बताएकी छिन् ।

उनी लेख्छिन्, ‘मेरो पहिलो निर्णय–समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय– पितृसत्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे मान्छे बिचमा हुने सबै खाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’

उनको सो स्टाटस देख्दा उनको र प्रेमी बराइलीको सम्बन्धमा आएको खटपटको कारण जातीय विभेद हो की भन्ने अनुमान गर्न सकिन्छ। मेलिना र सञ्जीव दुवैले आफूहरू धेरै समय अगाडिदेखि प्रेममा रहेको र इन्गेजमेन्ट गरेको खबर आफैँले आफ्नो सामाजिक सञ्जालमार्फत सबैलाई दिएका थिए ।

सो खबर सार्वजनिक हुनासाथ कतिले उनीहरूको निर्णयको तारिफ गरे भने धेरैले मेलिनाले गरेको निर्णयमा आपत्ति जनाए । राईको छोरी भएर बराइलीसँग विवाह गर्ने उनको निर्णयलाई किराँती समाजले एक हिसाबले बहिष्कार नै गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email