News

पलको १० लाख नलिने घोषणा गरेको २४ घण्टा नबित्दै समिक्षाले चालिन् अर्को कडा कदम !

लाख रुपैयाँ लिन आफ्नो कुनै मनसाय नरहेको बताएकी थिइन् ।

अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजायसहित नाबालिकालाई १० लाख क्षतीपूति दिन आदेश गरेसँगै केहीदिन चुपचाप बसेकी समिक्षाले आफ्नो मुख खोल्दै आँफु आफ्नो अस्मिता जोगाउनका लागि लागिपर्ने तर पिडकले दिएको क्षतीपूर्ती नलिने आशयको स्टाटस समिक्षाले आफ्नो फेसबुकवालमा लेखेकी थिइन् ।

लामो स्टाटस लेख्दै मनको बह पोख्दै समिक्षाले भनेकी छिन्म, ‘लाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार, यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो। सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला। बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’

यसैबीच, उक्त स्टाटस लेखेको २४ घण्टा नबित्दै समिक्षाले कडा कदम चालेकी छन् । उक्त स्टाटसमा गालीगलौजको बर्षात नै भएपछि समिक्षाले स्टाटस नै डिलिट गरेकी हुन् । गायिका अधिकारीको उक्त स्ट्याटसमा सकरात्मक भन्दा पनि नकरात्मक कमेन्टहरू आउन थालेपछी उनी उक्त स्ट्याटस डिलिट गर्न बाध्य भएकी छिन् ।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दुःखद् घटना भोगिरहेकी छु ।’

उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्ट पारेकी थिइन् ।जिल्ला अदालत नवलपुरले पीडकबाट ? दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिने मनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email