News

यीनै हुन टिकटक बनाउने क्रममा खोलामा खस्दा बेप’त्ता कि’शोरीको श’व फेला, जसलाई खोलाले ब’गाएको थियो (भिडियो सहित)

रोल्पामा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शव फेला परेको छ। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो।

खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्। उनका साथीहरूले खातुन टिकटक बनाउने क्रममा खोलामा खसेको र त्यसपछि आउन नसकेको भन्ने कुरा प्रहरीसमक्ष बताएका छन्।

खातुनलाई खोलाले बगाएको देखेपछि उनका साथीहरूले जालले माछा मार्दै गरेका एक व्यक्तिसँग गुहार मागेका थिए। ती माझीले खातुनलाई बचाउन प्रयास गरे पनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो।

सोमबार दिउँसोदेखि नै खातुनको खोजी भए पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए।मंगलबार बिहानदेखि खोजी सुरू गरिएकोमा दिउँसो साढे २ बजेतिर सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्पनजिकै खुङ्ग्री खोला किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शव पोष्टमर्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email