१० हजार अण्डाबाट बनाइएको एउटा अमलेट सिंगो शहरका मानिसलाई चखाइयो, कारण यस्तो

एजेन्सी । १० हजार गोटा अण्डाबाट एउटा अमलेट बनाएको कहिल्यै सुन्नु भएको छ ? यस्तो अनौठो काम बेल्जियमको मालमेडी सहरका मानिसहरुले गरेका हुन् ।
काठबाट बनाइएको भाँडोमा यो भिमकाय अण्डा तयार पारेको बताइएको छ । पछिल्लो समय युरोपेली बजारमा अण्डा संक्रमित भएका बेला अण्डा अभाव भएको हल्ला फैलाइएपछि ब्यबसायीहरुले अण्डा सुरक्षित छ भन्ने सन्देश दिन यस्तो अनौठो काम गरेका हुन् ।
अन्तराष्ट्रिय मिडियाका अनुसार स्वयंसेवी तथा केही चर्चित भान्छेहरुलाई ब्यबसायिले हातमा लिएर यो अण्डालाई तयार पारेका हुन् । अमलेट स्वादिष्ट बनाउनका लागि यसमा हरियो प्याज तथा बेकन पनि हालियो र यसको स्वाद सिंगो सहरलाई चाख्न दिइयो । जसको खबर अहिले विश्वभर भाइरल बनिरहेको छ ।
यो पनि तपाईले मिठो मान्दै खाने ‘पानीपुरी’ को बारेमा यी कुरा थाहा छ ? सबैले जानी राखौंनेपालमा प्राय: युवतीहरूले धेरै रुचाउने गरेको खानेकुरा हो ‘पानी पुरी’।
‘पानी पुरी’ को स्वाद चाख्न विशेष गरी सडकमा युवतीहरूको लाइन नै लाग्ने गर्छ, त्यसमा युवाहरूको पनि कमी हुँदैन ।‘पानी पुरी’ नेपालमा मात्र होइन, साउथ एसियामै अत्यधिक रुचाइएको खानेकुरा हो। यसको टेस्ट विश्वभर नै रुचाइन्छ।
पानी पुरी कहाँबाट आयो ?:पानी पुरी भारतको मग क्षेत्रबाट सुरुवात भएको हो । यहाँको दक्षिणी भूभाग विहार को नामबाट चिन्ने गरिन्छ भने यसलाई फु’ल्की समेत भनेर भन्ने गरिन्छ । सर्वप्रथम यहीबाट पानी पुरी बनाइएको थियो ।
चिज एउटै, नाम फरक:पानी पुरी चर्चित हुँदै गएपछि विश्वभर यसलाई फरक फरक नामकरण पनि हुन पुग्यो। यसलाई कुनै ठाउँमा गोलगप्पाको नामबाट चिनिन्छ भने कहीँ ठाउँमा पानीपतासेको नामबाट । कतै पानीपुरीलाई खाली प’कौडाको नामबाट पनि चिनिन्छ भने कहीँ स्वादिष्ट चाट व्यञ्जनको नामबाट चिनिन्छ ।
पानी पुरी खाँदा मानिसको जिब्रोमा स्वादको मज्जा भरिइदिनुका साथै खाऊ खाऊ ला’ग्ने बानीको विकास समेत गरिदिन्छ ।पानीपुरलाई सही ढ’ङ्गबाट बनाएर खाएमा यसले शरीरलाई ए’सी डि’टीबाट राहत दिलाउँछ भने मु’डलाई फ्रेस बनाउँछ ।
एक अनुसन्धानले पानी पुरी पुरै क्यालोरी फुड भएको बताइएको छ । यसको एक प्लेट पानीपुरीमा चार वटा पीस हुने गरेको छ भने त्यसमा करिब १ सय क्या’लोरी हुने गर्छ । तर, मानिसहरू एकै पटक धेरै खाएर श’रीरलाई अ’स्वस्थ बनाइरहेका हुन्छन्। किनकि यो एक प्रकारको ज’ङ्क फु’ड पनि हो।