News

ढाका टाेपी ढल्काउँदै नाचे अमिताभ (भिडिओ)

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’को गीत सार्वजनिक भएको छ।शनिबार ‘केटीको’ बोलको गीत सार्वजनिक गरिएको हो। नकाज अजिजको स्वर रहेको गीतमा इर्साद कमिलको शब्द र अमित त्रिवेदीको संगीत छ।गीतको भिडिओमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा र बोमन इरानी देखिएका छन्।

गीतको भिडिओमा चारै जनाले नेपाली ढाका टोपी ढल्काएर नाचेका छन्। फिल्ममा बुढेसकालमा हिमाल चढ्न चाहने अमिताभ, बोमन र अनुपमको कथा देखाइएको छ। जसमा उनीहरूलाई सगरमाथासम्म पुर्‍याउने जिम्मा परिणिती चोपडाले पाएकी छन्।

यो फिल्मको ६० प्रतिशत छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्।

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन र अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्। मनोजकुमार खतोइले छायांकन गरेको फिल्मलाई श्वेता वेंकट म्याथ्यूले सम्पादन गरेका हुन्।यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email