१५ करोड रुपैयाँमा बिक्यो यो परेवाः बिक्रिकर्ताले नै भने, ‘यति रकम सपनामा पनि सोचेको थिइनँ’

१५ करोड रुपैयाँमा बिक्यो यो परेवाः बिक्रिकर्ताले नै भने, ‘यति रकम सपनामा पनि सोचेको थिइनँ’
बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ ।
अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ ।
यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३.७६ लाख यूरो (४ करोड रुपैयाँ) मा बिक्रि भएको थियो । अर्मान्डोलाई लिलामीका लागि राखेपछि नै उक्त रेकर्ड टुटेको हो ।
अर्मान्डो यो वर्ष पाँच वर्ष पुगेको छ र अब अवकाशको आनन्द लिइरहेको छ ।
उनले थपे, ‘हामीले सपनामा पनि यति रकमबारे सोचेका थिएनौं । हामीले अर्मान्डोको मूल्य चारदेखि पाँच लाख वा अति नै धेरै भए ६ लाख यूरोसम्म हुनसक्ने आँकलन गरेका थियौं ।’
गाएसेलब्रेख्तका अनुसार चीनका दुई खरिदकर्ताले लिलामीमा अत्यधिक बोली लगाए । एक घण्टामा यो बोली ५.३२ लाख यूरोदेखि १.२५ मिलियन यूरोसम्म पुग्यो ।
सबै कुरा ध्यानमा राख्दै हवाई दौड गर्ने यी परेवाको मूल्य २, ५०० यूरो हुन्छ । तर अर्मान्डो कुनै साधारण परेवा होइन ।
अर्मान्डोका प्रशंसकको पनि कमी छैन । बेल्जियमको परवेज शहरको स्थानीय पिजन फेन्सिन्ग असोसिएशनका अध्यक्ष फ्रेन्ड वेंकलीले बेल्जियमको सरकारी प्रशारणकर्ता आरटीबीएफसँगको कुराकानीमा भने, ‘अर्मान्डो ‘परेवाहरुको लुईस हेमिल्टन’ हो र खेल इतिहारमा सबैभन्दा विशेष छ ।’
अर्नान्डो अब अवकाशको आनन्द लिइरहेको छ । अब उनका नयाँ मालिक अर्मान्डोबाट प्रजनन गराउनेछन् र उनको वंशलाई अघि बढाउनेछन् ।